ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैपटक ३० हजार चिनियाँ पर्यटक नेपाल घुम्न आउँदै


admin
२६ माघ २०७४, शुक्रबार   ३ : १०   बजे

काठमाडौं, २६ माघ । पर्यटन मन्त्रालयले जनाए अनुसार चिनियाँ नयाँ वर्ष मनाउन दुई साताको अवधिमा ३० हजार चिनियाँ पर्यटक नेपाल आउन लागेका छन्। चिनियाँ पर्यटक यति ठूलो संख्यामा नेपाल आउन लागेको पहिलो पटक भएको पर्यटन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार फेब्रुअरी ११ देखि २४ तारिक सम्म चाईनिज नयाँ वर्षमा हुने लामो छुट्टीमा उनीहरु नेपाल घुम्‍न आउन लागेका हुन्।

पर्यटन मन्त्रालयले चिनियाँ पर्यटकको नेपाल बसाईलाई अविस्मरणीय बनाउन काम गरिरहेको जनाएको छ।

बिहीबार पर्यटन मन्त्रालयमा पर्यटन सचिवको संयोजकत्वमा बसेको बैठकले चिनियाँ पर्यटकको बसाईलाई विमानस्थलदेखि नै व्यवस्थित गर्न विभिन्‍न निर्णयहरु तय गरेको छ।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार, चिनियाँ विमानमा आउने यात्रुहरु लक्षित गर्दै अध्यागमन विभागले भिसा लगायतका बिषयमा सहजीकरण गर्न विमानस्थलमा छुट्टै डेस्क सञ्चा‍लन गर्ने, नागरिक उड्डयन प्राधिकरणले ब्यागेज ह्यान्डलिङलाई व्यवस्थित गर्न कनभेयर बेल्ट थप गर्ने, पर्यटन बोर्डले पनि विमानस्थल परिसरमा पर्यटकलाई सुचना दिन डेस्क संचालन गर्ने लगायतका निर्णय भएको छ।

यसका साथै पर्यटन बोर्डले चिनियाँ पर्यटकहरुलाई विमानस्थलमै स्वागत गर्ने बोर्डका मिडिया कोर्डिनेटर शरद प्रधानले जानकारी दिए।

यति ठुलो संङख्यामा चिनिया पर्यटरहरु आउनु अवसर भएको भन्दै उपाध्यायले भने, अहिले ठुलो संख्याँमा चिनियाहरु नेपाल भ्रमणमा आउनु हाम्रालागि अवसर हो तसर्थ हामीहरु पर्यटकको नेपाल बसाई सुखद बनाउन लागिरहेका छौं।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group