ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्यक्षदर्शी प्रमोद केसी भन्छन्– ‘आफ्नै आँखा अगाडि एकपछि अर्को साथी ढल्दै गए


एबीसी न्यूज
२३ आश्विन २०८०, मंगलबार   ८ : ५९   बजे

हामी १७ जना साथीहरू दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिनको बासस्थानमा सुतिरहेका थियौँ । शनिबार बिदा थियो‚ ड्युटी थिएन । बिदाको दिन खासै चहलपहल हुँदैन । हामी तलबको प्रतिक्षामा थियौँ । साथमा पैसा पनि थिएन । बाहिर हिँडडुल गर्ने योजनामा पनि थिएनौं । बिहान ६ बजेसम्म उठेका थिएनौं । हमासका लडाकुहरू हामी बसेको क्षेत्रमा छ्याछ्याप्ती भइसकेको हामीले पत्तो नै पाएनौं । ढोकाको छेऊमै रहेका अर्का साथी लेकम(५ दार्चुलाका दीपेशराज विष्ट ‘वी आर नेपाली, वी आर नेपाली’ भन्दै हात उठाउँदै बाहिर निस्किए । उसलाई पनि गोली हानिदिए । उनले ऐय्या पनि गर्न पाएनन् । ढलिहाले ।त्यतिबेरसम्म हामीभित्र रुवाबासी चलिसकेको थियो । सात्तो गइसकेको थियो । हमास लडाकुहरूले दुईवटा ग्रिनेड एकसाथ बंकरभित्र फालिदिए । एउटा ग्रिनेडलाई भीमदत्त–३ कञ्चनपुरका विपिन जोशीले बाहिर फालिदिए भने अर्को भित्रै पड्कियो । सबै साथीहरू एकै ठाउँमा अर्थात् म भएको ठाउँमा हामफाले । साथीहरू एकमाथि अर्को गरी खप्टिए । म सबैभन्दा भुईंमा थिएँ । खप्टिँदाखेरि ग्रिनेड विस्फोट भयो । ७ जना साथीहरू घाइते भए ।

धेरैजसोको घुँडामुनि लाग्यो । कसैको पिँडुला फुट्यो । कसैको पैतला नै झर्‍यो ।हामी बसेको ठाउँ इजरायल र गाजाको बोर्डरबाट २० किलोमिटर टाढा पर्थ्यो । माथि आकाशमा मिसाइल आउँदा आकासमै डिस्पोज हुन्छ भन्ने जानकारी थियो । मिसाइल आउनुअघि साइरन बज्थ्यो । शनिबार बिहान साइरन बजेन । आकासमा चरा उडेजसरी मिसाइलहरू उडिरहेका थिए ।हामी सबै जना आकासतिर उडिरहेका मिसाइल हेर्न बाहिर निस्किएका थियौं । सबैले मोबाइलबाट भिडियो खिच्यौँ । पहिलोपल्ट भएर पनि होला‚ रमाइलो मनिरहेका थियौँ । आकासमा धेरै मिसाइल विस्फोट हुन थालेपछि हामी सुरक्षित हुन बंकरतिर लाग्यौं ।अवस्था एक घण्टासम्म सामान्य नै थियो । १७ जना नै एउटै बंकरमा बसिरहेका थियौं । अरु कृषि फार्ममा रहेका साथीहरूसँग भिडियोमा कुराकानी भइरहेको थियो । जयपृथ्वी–६, बझाङका गणेशकुमार नेपाली शौचालय जान बंकरबाट बाहिर निस्किएका थिए । शौचालय नजिकै थियो । शौचालयबाट फर्किरहेका बेला गणेशमाथि दुई गोली प्रहार भयो । उनी त्यही ढलिहाले । हाम्रो बंकरको ढोकाको भाग खुल्ला थियो । ढोकाबाट देखिहाल्यौं । ग्रिनेड फालेर उनीहरू त्यहाँबाट हिँडे । विपिनले वरिपरिका साथीहरूलाई एम्बुलेन्स पठाइदिन अनुनयविनय गरिरहे । मैले पनि साथीहरूलाई हारगुहार गरेँ । १५–२० मिनेटको अन्तरालमा तीन जनाको टोली एम्बुलेन्स लिएर आयो । सख्त घाइतेलाई हामी लिएर जान्छौं भन्दै हामीलाई अर्को बंकरमा जान भन्यो ।

घोडाघोडी(४ का नारायणप्रसाद न्यौपाने, सपही–६ धनुषाका आनन्द साह र टीकापुर–९ कैलालीका धनबहादुर चौधरी सख्त घाइते थिए । एम्बुलेन्समा आएका प्रहरीको जिम्मामा उनीहरूलाई छाडेर हामी नजिकको अर्को बंकरमा गयौं । त्यहाँबाट धनबहादुरलाई मात्रै अस्पताल लगिएको पछि मात्रै थाहा पायौं । उपचार नपाएर नारायण र आनन्दको बंकरमै ज्यान गयो ।त्यो बंकर पहिलाको बंकरबाट एक मिनेटको मात्रै दूरी थियो‚ त्यसमा हामीसँगै काम गर्ने २० जना थाइल्यान्डका नागरिक पनि थिए । त्यो बंकरमा किचनको सुविधा पनि थियो । म किचनको वेसनमुनिको भागमा गएर बसेँ‚ त्यहाँ काठको सानो ढोका थियो । त्यो ढोका लगाएर म नबोली बसिरहेँ । वीरेन्द्र भने चामालको बोरा पछाडि गएर बसे । बाँकी साथीहरू थाइल्यान्डका नागरिकको छेउमा गएर भुइँमै बसिरहे । कसैले कसैसँग कुरा गरिरहेका थिएनन् ।

हामी त्यहाँ गएर बसेको आधा घण्टा जति सुनसान थियो त्यहाँको अवस्था । एक्कासी फेरि हमासका लडाकुहरू बंकरभित्र छिरे । थाइल्यान्डका नागरिकहरूले उनीहरूकै भाषामा आफूहरू थाइल्यान्डका नागरिक हौँ भन्दै गुहार मागे । ७ जना थाईलाई त्यहाँबाट बाहिर लिएर गयो । त्योक्रममा विपिन पनि परे । बाँकीलाई त्यहीँ राखेर अन्धाधुन्ध गोली बर्साए । उनीहरुले गोली सिधा नहान्दा मतिर आएन । तलतिर बर्साउँदा साथीहरूलाई लाग्यो । चार–पाँचवटा ग्रिनेड भित्रै फालियो । अश्रुग्यास पनि फालेर उनीहरू हिँडे ।अर्को बंकरमा जाँदा बौनिया–३ कैलालीका आशिष चौधरी, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, शारदा–२ सल्यानका विधान सेजवाल, दंगीशरण–३ दाङका प्रविन डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल, भीमदत्त–३ कञ्चनपुरका विपिन जोशी, त्रिवेणी–१ सल्यानका प्रमोद केसी, त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी भजनी र मसहित १३ जना साथीहरु सकुशल थियौँ ।मलाई र विरेन्द्रलाई गोली लागेन । हामीबाट छलियौँ । आशिष, राजेशकुमार, राजन, पदम, प्रवेश र लोकेन्द्रसिंह धामीको त्यहीँ मृत्यु भयो । विधान, प्रविण र हिमाञ्चल घाइते भए । उनीहरूले पानी पानी भनिरहे । मैले किचनमा रहेको पानीको पाइप फुटाएँ र त्यहाँबाट अलि अलि पानी निकालेर उनीहरूलाई दिएँ । पानी भएपछि अश्रुग्यासको गन्ध पनि बिस्तारै हराउँदै गयो ।विधान र प्रविणको खुट्टामा क्षति पुग्यो । हिमाञ्चल सामान्य घाइते थिए । उनीहरूलाई पानी खुवाइरहेँ‚ त्यसरी हामीले दिनभर बितायौं । साथीहरू गम्भीर थिए । रक्तश्राव भइरहेको थियो । जतिखेर पनि चिच्चाहटले एकदमै मानसिक तनाव भइरह्यो । साँझ आएर एम्बुलेन्सले विधान, प्रविण र हिमाञ्चललाई नजिकको अस्पतालमा लिएर गयो । विरेन्द्र र म त्यहाँबाट बाहिरिन सक्यौं ।

भगवान् दाहिने रहेछन् । एउटा जुनीमात्रै होइन‚ ३ जुनी सँगै पाएको जस्तो लागेको छ । आमाको दूधको दस धारा र बुबाको त्यो प्रार्थना बलियो रहेछ । अनि मेरो मायाको त्यो प्रार्थना पनि मूल्यवान् हुन गयो । यस्तो युद्ध त फिल्ममा पनि देखेको थिइनँ मैले । मेरै आँखा आगडि के के भयो भयो १ कति साथिलाई पानी पनि दिन पाइनँ । के के गरौंला, कमाउँला, रमाउँला भनेर सपना बोकी सँगै विदेश आएका साथीहरू रहेनन् । मेरा सम्पूर्ण नातेदार, साथीभाइहरू १ म सुरक्षित छु । मलाई नेपाली दाजुहरूले उद्धार गरेर तेलअविवमा ल्याउनुभएको छ । म र वीरेन्द्र साथमै छौं १

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu