काठमाडौं, ७ कात्तिक । प्यालेस्टिनी लडाकु समूह हमासले थप दुईजना बन्धकलाई रिहा गरेको छ। उनीहरू दुवै इजरायली महिला हुन्।
यसअघि हमासले अमेरिकी आमा–छोरीलाई रिहा गरेको थियो। हमासले रिहा गर्न थाल्यो बन्धक बनाइएका व्यक्ति, पहिलोपटक आमा(छोरी छाड्यो
मंगलबार बिहान रिहा गरिएका दुई महिला हुन्– ७९ वर्षीया नुरिट कुपर र ८५ वर्षीया योचेभ लिफसिट्ज। उनीहरूलाई उपचारका लागि इजरायलको तेल अभिभ ल्याइएको बीबीसीले जनाएको छ।
हमासले यी दुई महिलालाई ‘मानवीय’ र स्वास्थ्य कारणले रिहा गरिएको बताएको छ।
बन्धकहरूको रिहाइका लागि मध्यस्थता गरेकामा इजिप्टलाई इजरायलले धन्यवाद दिएको छ। यस्तै रिहा गरिएका दुई महिलालाई स्वदेश फिर्ता गर्न खेलेको भूमिकाका लागि रेडक्रसप्रति आभार प्रकट गरेको छ।
इजरायली अधिकारीका अनुसार रिहा भएका नुरिट कुपरका ८५ वर्षीय श्रीमान् अमिरम र लिफसिट्जका ८३ वर्षीय श्रीमान् ओदेद अझै हमासको बन्धकमा छन्। हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको इजरायलको दाबी छ।
प्रतिक्रिया दिनुहोस्