ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेटको उपाधि छैटौँ पटक अस्ट्रेलियालाई, घरेलु मैदानमै भारत स्तब्ध


ABC NEWS
३ मंसिर २०८०, आइतबार   ९ : ४२   बजे

काठमाडौं । भारतलाई हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। गुजरातको नरेन्द्र मोदी स्टेडियममा आइतबार बेलुका सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो।

भारतले दिएको २४१ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। यो सँगै अस्ट्रेलियाले सबैभन्दा बढी छैटौँ पटक उपाधि चुमेको छ।

सन् १९८७ मा भारत र पाकिस्तानमा हुँदा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले ३६ वर्षपछि पुनः भारतमै अर्को उपाधि थप्यो। त्यतिबेला इंग्ल्यान्डलाई पराजित गरेको थियो। १९९९ मा पाकिस्तानलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको अस्ट्रेलियाले लगातार उपाधिमा ह्याट्रिक गरेको थियो।

सन् २००३ मा भारतलाई र २००७ मा श्रीलंकालाई पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो। त्यसपछि सन् २०१५ मा अस्ट्रेलिया र इग्ल्यान्डमा आयोजना हुँदा न्युजिल्यान्डलाई पराजित गरेको थियो।

८ वर्षपछि पुनः आयोजक भारतलाई नै स्तब्ध पार्‍यो। अस्ट्रेलियाको यो नतिजाले जारी विश्वकपमा १० खेलको अपराजित यात्रा मात्रै टुंगिएन घरेलु दर्शकमाझ तेस्रो पटक उपाधि चुम्ने सपना पनि घरेलु भूमिमा बिलायो। यसअघि भारतले २०११ मा भारत र बंगलादेशले आयोजना गर्दा श्रीलंकालाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो।

त्यसअघि १९८३ मा इग्ल्यान्डमा वेस्टइन्डिजलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। अरु दुई पटक फाइनलमा पुगे पनि दुवै पटक अस्ट्रेलियाले नै निराश बनायो।

छैटौँ उपाधिका नायक बने ट्राभिस हेड
घरेलु टोलिलाई निरास बनाउने अस्ट्रेलियाको टोलिका नायक बने ट्राभिस हेड। उनले निर्णयक खेलमा सानदार सतक पूरा गर्दा मार्नस लावुसचेनसँग १९१ रनको साझेदारी गरे।

हेड टोलीलाई मात्र २ रन आवश्यक हुँदा सिराजको बलमा क्याचआउट भए। ट्राभिसले ११९ बलमा १३७ रन बनाए। मार्नसले १०९ बलमा ५७ रन बनाए।

त्यसअघि ४७ रन बनाउँदा तीन विकेट गुमाएपछि अस्ट्रेलिया दबाबमा परेको थियो। १६ रन बनाएको अवस्थामा दोस्रो ओभरमा डेविट वार्नर व्यक्तिगत ७ रनमै क्याचआउट हुँदा ४१ रन भएको अवस्थामा मिचेल मार्स पनि मात्रै १५ रन जोडेर आउट भए। त्यसपछि ४ रन जोडेर स्टेभिन स्मिथ एलबीडब्ल्यू धरापमा पर्दा अस्ट्रेलियाको इनिङ पनि धरापमा पर्दै थियो। जसलाई ट्राभिस र मार्नसले सानदार साझेदारी गर्दै उपाधिको बाटो देखाए।

भारतका जसप्रित बुम्राहले २ तथा मोहम्मद शामीले एक विकेट लिनु बाहेक अन्य बलर चल्न सकेनन्।
अस्ट्रेलियन बलरसामु निरीह देखिएका भारतका ब्याटर खुलेर खेल्न सकेका थिएनन् । भारतका केएल राहुलले १०७ बलमा एक चौकासहित ६६ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा राहुलको यो १७औँ अर्धशतक हो ।
८१–३ को कठिन अवस्थामा रहँदा राहुलले चौथो विकेटका लागि विराट कोहलीसँग ६७ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए ।
कोहलीले भारतीय टिमको खातामा ५४ रन थपे । उनले ६३ बलमा चार चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको ७२औं अर्धशतक हो ।
ओपनर तथा कप्तान रोहित शर्माले ३१ बलमा चार चौका र तीन छक्कासहित ४७ रन बनाए । सुर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन थप्दा अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । १० ओभर बलिङ गरेका स्टार्कले ५५ रन खर्चिए । कप्तान प्याट कुमिन्स र जस हेजलवुडले दुई–दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक विकेट लिए ।
फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।
विश्वकपको १३औँ संस्करण समाप्त हुँदा भारत दोस्रोपटक फाइनलमा पराजित भएको हो । यसअघि भारतले सन् २००३ मा पनि फाइनलमा अस्ट्रेलियासँगै हार बेहोरेको थियो ।
दुईपटकको च्याम्पियन भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो ।
यता, आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको अस्ट्रेलियाले छैटौं पटक उपाधि जितेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

रास्वपाको संसदीय दलको विधान संशोधन गर्न १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित

बुबाको निधनपछि पहिलो गोल गर्दै लयमा फर्किए मेसी

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स बन्यो नेपाली क्रिकेट टोलीको आर्म स्पोन्सर

इटालीमा पहिलोपटक सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग हुँदै

मुसियालालाई न्युरोलोजिकल समस्या, उपचारपछि पूर्ण रूपमा निको हुने आशा

श्रीलंकाविरुद्ध भारतको १६५ रनको सहज जित

१०औँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि, मस्कट रेड पांडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu