ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामदेव बाबाको पतंजलीका उत्पादन प्रश्नको घेरामा


एबीसी न्यूज
८ मंसिर २०८०, शुक्रबार   १२ : ५१   बजे

ुकाठमाडौं, ८ मंसिर । भारतीय योग गुरु बाबा रामदेवको व्यापारिक उत्पादनहरूमा त्यहाँको सर्वोच्च अदालतले प्रश्न गरेको छ ।

आफ्ना उत्पादनहरूको प्रयोग गर्दा ब्लड प्रेसर, सुगर, थाइराइडका रोग, दम, बाथ, मोटोपन, कलेजो र मृगौलाका रोगहरू निको हुने दावी गरिरहेको पतंजलीलाई अदालतले गलत विज्ञापन नगर्न आदेश गरेको हो ।

गत मंगलवार भारतीय सर्वोच्च अदालतमा भारतीय मेडिकल एसोसिएसनले दर्ता गरेको रिट निवेदनमा सुनुवाई गर्दै अदालतले गलत तवरले रोग निको हुने दावी गरेका विज्ञापन तुरुन्त हटाउन आदेश दिंदै अन्यथा ठूलो जरिवाना गर्ने बताएको थियो ।

भारतीय संचार माध्यमहरूका अनुसार पतंजलीले सर्वोच्चको आदेशलाई मान्छु भन्ने दाबी गरेता पनि आफ्ना औषधिजन्य उत्पादनहरूले भनेजस्तै रोगहरूलाई निको पार्छ भनेर प्रेस रिलिजमार्फत् पुनः दावी गरेको छ ।

चिकित्साशास्त्रका केही आधुनिक डक्टरहरूले नक्कली पेसमेकर राख्ने, मृगौला चोर्ने, जथाभावी औषधिको प्रयोग गर्ने र गर्नै नपर्ने अनेकौं प्रकारका जाँच हरू गराएर अपराध गरिरहेको आरोप समेत पतंजलीले लगाएको छ ।

पतंजली आयुर्वेदले आफूसँग करोडौं बिरामीहरूको डेटाबेस रहेको र बिरामीहरूलाई साँच्चिकै फाइदा पुगेको प्रमाण भएको पनि जनाएको छ ।

तर, पतंजलीको प्रेस रिलिजमा एउटै उत्पादनले कुनै रोग विशेष निको पारेको भन्ने जनाएको छैन । उसले, योग, आयुर्वेद, नेचुरोप्याथी, पञ्चकर्म, सत्कर्म, व्रत तथा उपचार एकीकृत रुपमा गरिंदा धेरै बिरामी निको भएको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group