ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   १२ : २२   बजे

मेलम्ची, २९ माघ ।  सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ ।

तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।

भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो । नेपाली र चिनियाँ नागरिकको मिलेमतोमा नेपाल हुँदै तेस्रो मुलुकमा अवैध सुन ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रायः तस्करले तरकारीको बोरा, गाडीको टायर तथा भरिया प्रयोग गरेर सुन तस्करी गर्ने गरेका छन् । सँधै सुन बोक्ने भरिया मात्र पक्राउ पर्ने गरेका छन् । सुन तस्करको गिरोह उम्कने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चौताराको तथ्याङ्कअनुुसार २०६९ साल पुस १ गते बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल तातोपानीले तीन किलोग्राम सुन बरामद गरेको थियो । सीमा प्रहरी चौकी कोदारी, इलाका प्रहरी कार्यालय बाह्रबिसे तथा सशस्त्र प्रहरी बलले २०७० सालमा मात्रै लुकाई–छिपाई काठमाडाँै लैजाँदै गर्दा तातोपानी तथा बाह्रबिसे क्षेत्रबाट ३२ किलोग्राम पाँच तोला ६४ लाल सुनसहित १० जनालाई पक्राउ गरेको थियो ।

पछिल्लो छ वर्षमध्ये २०७१ सालमा सबैभन्दा बढी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । विसं २०७१ मा प्रहरीले ६५ किलोग्राम छ तोला २९ लालसहित ११ जनालाई पक्राउ गरेको थियो । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भयने । लामो समय यातायातसमेत सञ्चालनमा नआएकाले उक्त क्षेत्र सुनसान बन्यो । तातोपानी नाका बन्द भएपछि सुन तस्करको बाटो परिवर्तन गरेका छन् ।

तातोपानी नाका बन्द भएसँगै तस्करले वैकल्पिक बाटो रोजेका हुन् । अहिले तस्करले रसुवागढी नाकाबाट सुन तस्करी गर्न थालेका छन् । भूकम्पका कारण नाका बन्द भएपछि तातोपानीमा चहलपहल निकै कम भएको छ । प्रहरीका अनुसार २०७३ वैशाख १७ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डे नेतृत्वको टोलीले बा९च १४६३ नंको फोर्ड गाडीबाट ल्याउँदै गरेको अवस्थामा बाह्रबिसे बजारमै १८ किलोग्राम सुन बरामद गरेको थियो ।

प्रहरीले सुन ल्याउँदै गरेका तातोपानी–३ का साङ्बो शेर्पा र निङ्नर शेर्पा तथा मेलम्ची–८ की विमला थापालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनाले भूकम्पअघि नै लुकाएर राखेको सुन विभिन्न कारणले ल्याउन नसकेकोे र सुन राखेको घरधनीले आत्महत्या गरेपछि लैजाने प्रयास गरेको बयान दिएका भए पनि उक्त बयान बनावटी भएको प्रहरीको भनाइ छ ।

खासाबाट कति सुन अवैध रुपमा काठमाडौँ भित्रियो भन्ने यकिन तथ्यांक प्रहरीसँग छैन । नेपाली बजारमा सुन ल्याउँदा नेपाल राष्ट्र बैंकमार्फत मासिक १५ किलोग्राम मात्र ल्याउन पाउने प्रावधान छ । नेपाली बजारमा सुनको मागलाई वैधानिकताले नथेगेकाले तस्करी बढेको हो र तातोपानी नाकाबाट सुन वैध रुपमा ल्याउन नपाइने भएकाले पनि व्यवसायीले तस्करी गर्ने गरेको हुनसक्ने प्रहरीको भनाइ छ । अहिले चीनसँगको सीमा तातोपानीको लिपिङसम्म सडक पुगेको छ । नेपालकातर्फबाट तातोपानी नाका खोल्नका लागि पटक पटक अनुरोध गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group