ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीको कठ्याङ्ग्रिँदो चिसोले आक्रान्त भूकम्पपीडित


एबीसी न्यूज
२१ मंसिर २०८०, बिहिबार   ३ : ०५   बजे

काठमाडौं, २१ मंसिर ।  रुकुमपश्चिम छेपारे । एकातर्फ भेरी नदी अर्कातर्फ भेरी करिडोर । नदीको चिसो सिरेटो र सडकको धुलोले भूकम्प प्रभावित छेपारेबासीमा विभिन्न खालका रोग देखा पर्न थालेका छन् । आठबिसकोट नगरपालिका–१४, छेपारे बस्ती भूकम्पबाट पूर्ण रूपमा ध्वस्त भएको बस्ती हो ।

सो भूकम्पमा परी ४६ भन्दा बढी घरधुरी रहेको यो बस्तीका ११ जनाले ज्यान गुमाए । अहिले नदी र सडकको बिचमा सिङ्गो बस्ती त्रिपामुनि ओत लागेर बसेको छ । नजिकैको सडकमा कुनै गाडी गड्यो भने उडेको धुलोले सबै त्रिपाललाई छपक्कै छोप्छ ।

यही बस्तीकी ३० वर्षीया रुद्रकुमारी विक भूकम्प आएपछि बल्लतल्ल भागेर बाँचेकी थिइन् । उनको बुढाबुढी, एक छोरा र एक छोरीसँगै सासू, ससुरा गरी ६ जनाको परिवार थियो । ओत लाग्ने दुईतलाको ढुङ्गामाटोले बनेको कच्ची घर थियो । तर कात्तिक १७ आएको मध्यरातिको भूकम्पले एकै पटक घर तहसनहस बनाइदियो ।

घर भत्किएर च्यापिएका उनीहरूलाई माथिल्लो गाउँबाट आएका युवाहरूले उद्धार गरे । अनि मात्र बाँच्न सफल भयो, रुद्रकुमारीको परिवार । भूकम्पमा परी उनको ११ वर्षीय छोरालाई सबैभन्दा बढी चोट लाग्यो । आफ्नो परिवार भाग्यले बाँचेको बताउँछिन् उनी । अहिले उनको परिवार एउटा त्रिपालमुनि बसेको छ ।

तर अहिले सडकको धुलो र नदीको कठ्याङ्ग्रिँदो चिसोले उनी बिरामी छिन् । उनलाई टाउको दुख्ने, ज्वरो आउनेदेखि खोकी लागिरहेको छ भने सास फेर्न गाह्रो भइरहेको रातोपाटीलाई बताइन् । ‘सास फेर्न निकै गाह्रो हुन्छ, भूकम्पबाट बाल्लतल्ल बाँच्यौँ, चिसोले मर्ने सम्भावना बढ्यो,’ निराश हुँदै उनले भनिन्, ‘घाँटीमा टन्सिल भएको छ ।’

उनी मात्र होइन, चार वर्षीया छोरीलाई पनि यस्तै समस्या छ । वृद्ध ससुरालाई पनि सन्चो छैन । गगनचुम्बी पहाडका बिचमा रहेको सो बस्तीमा हिउँद लागेसँगै दिउँसो १२ बजेपछि मात्रै घाम लाग्छ । केही समयपछि घाम छेलिन्छ । त्यसै पनि मङ्सिरको चिसो त्यसैमाथि नदी किनारको बस्तीमा बेलुका पाँच बजेपछि तुसारोले बस्ती ढपक्कै ढाकिदिन्छ । अर्कातिर दिनभर सडकको धुलोले त्रिपाल ढपक्कै ढाक्छ । धुलो र चिसोले बस्ती आक्रान्त छ ।

श्री नवज्योति आधारभूत विद्यालयमा बालशिक्षा पढाउने शिक्षिका समेत रहेकी रुद्रकुमारीले अहिले पीडित सबैका समस्या एउटै रहेको बताइन् । ‘लामो समयसम्म यही अवस्था रहे बालबालिका र बुढाबुढीलाई बचाउन गाह्रो हुने देखिन्छ,’ उनी भन्छिन्, ‘बालबालिकाहरूमा निमोनियालगायतका समस्या देखा पर्न थालेका छन् ।’

नदीको चिसो र सडकको धुलोले नागरिकहरू आक्रान्त परेको दुःखान्त उनले पोखिन् । सडकको धुलो सीधै भान्समा पुग्ने गरेको उनले बताइन् । ‘घर भएको बेला घरभित्र खाना पकाएर खाँदा त चुल्होसम्मै धुलो जान्छ,’ उनी भन्छिन्, ‘अहिले त्रिपालबाहिर खाना पकाएर खानु पर्छ, सीधै खानामै धुलो पर्छ । यसले हामीलाई निकै समस्या दिएको छ, हामीले यसबाट कहिले मुक्ति पाउने होला ।’

एकातिर घरबास भत्किएको वियोग अर्कातिर बाँचेकाहरू पनि मर्ने हुन् कि भन्ने चिन्ताले रुद्रकुमारी अहिले निराश छन् । उनको विद्यालयमा कार्यरत कार्यालय सहयोगीको चार जनाको परिवारको मृत्यु भयो । जसमा तीन जना बालबालिका परे । उनकै स्कुलमा पढ्ने बालबालिकाको मृत्यु भएपछि अहिले उनलाई विद्यालयमा गएर अध्यापन गराउन पनि मन लाग्दैन भन्छिन् ।

बालबालिकाको मानसिक अवस्था नै पहिलेको जस्तो हुन नसकेको उनको भनाइ छ । रुद्रकुमारीले सिङ्गो परिवार एउटा त्रिपालमा बस्नुपर्दा निकै कठिनाइ भइरहेको पनि बताइन् ।

उनी बस्ने एउटै त्रिपालमा सासू, ससुरालगायत ६ जनाको परिवार बस्छ । ‘एउटै त्रिपालमा बस्नुपर्दा कम्ती असहज छैन,’ उनी भन्छिन्, ‘के गर्नु, बाध्यताले बस्नुपर्दो रहेछ । टन्नै पैसा हुने परिवार भए पनि आफैँ किनेर बसौँ भन्नु, त्यस्तो पनि छैन । हामीलाई यसभन्दा पहिला घरखर्च पनि चलाउन धौधौ हुन्थ्यो ।’

रुद्रकुमारीका अनुसार घरमा केही गरगहना पनि थिए । ती सबै टुटेफुटेको अवस्थामा निकालिए । घरका सबैका मोबाइल पनि फुटे । प्रयोग गर्न मिल्ने गरी कुनै सामग्री नरहेको उनले बताइन् । ‘भूकम्प आएबेला जुन कपडा लगाएका थियौँ, त्योबाहेक अरू केही पनि लत्ता कपडा, भाँडावर्तन निकाल्न पाएनौँ, सबै पुरिए,’ उनी भन्छिन्, ‘अहिले पन्छाउँदा सबैमा क्षति पुगेको र प्रयोग गर्न नमिल्ने भएका छन् ।’

घरहरू भए पनि उत्पादन हुने जमिन यहाँ कसैको छैन । यो बस्ती खाद्यान्नका लागि पूर्ण रूपमा बजारसँग आश्रित छ । अहिले राहतमा निर्भर रहेको यो बस्तीमा खाद्यान्नको अभाव हुँदै गएको रुद्रकुमारी बताउँछिन् । यस्तै चिसो भइरहे बालबालिका र बुढाबुढीको ज्यान जोगाउन कठिन भएको उनले बताइन् । यो बस्तीमा १८ वर्षमुनिका ७२ जना बालबालिका छन् ।

यहाँका भूकम्पपीडितले अनुदानमा पाउने भनिएको रकम अहिलेसम्म पाउन सकिरहेका छैनन् । विभिन्न राजनीतिक दलका स्वयंसेवकहरूले भग्नावशेष घरहरू पन्छाएर अस्थायी आवास बनाउन थालेका छन् । तर जस्तापाता लगायतका सामग्रीको अभावले आवास हस्तान्तरणको कुनै ठेगान छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu