ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महासचिव गुटेरसले लगाए गाजामा धारा-९९, इजरायल असन्तुष्ट


एबीसी न्यूज
२१ मंसिर २०८०, बिहिबार   ३ : ११   बजे

काठमाडौं, २१ मंसिर । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले इजरायल(हमास युद्धको गम्भीरतालाई मध्यनजर गर्दै ुयूएन चार्टरुको धारा(९९ लागू गरेका छन् ।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल र हमासबीच संघर्षविरामसम्बन्धी संकल्प प्रस्ताव पास गर्ने तयारी गरिरहेका बेला महासचिव गुटेरसले धारा(९९ लागू गरेका हुन् ।

महासचिव गुटेरसले लगाए गाजामा धारा(९९, इजरायल असन्तुष्ट
१५ सदस्यीय सुरक्षा परिषद्‍का अधिकांश मुलुक युद्धविरामप्रति सहमत देखिए पनि अमेरिका सकारात्मक देखिएको छैन । सुरक्षा परिषद्का स्थायी सदस्यहरू चीन, रुस, अमेरिका, बेलायत र फ्रान्ससँग भिटो पावर छ ।

अक्टोबर १८ मा अमेरिकाले मानवीय सहायताका आधारमा युद्धविरामसम्बन्धी प्रस्तावमा भिटो प्रयोग गरेको थियो । महासचिव गुटेरसले गत अक्टोबर १८ यता नै गाजामा तत्काल मानवीय आधारमा युद्धविराम हुनुपर्ने बताउँदै आएका छन् ।

महासचिव गुटेरसले आफ्नो कार्यकालमा पहिलो पटक धारा(९९ लागू गरेका हुन् । धारा ९९ राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण प्रावधान मानिन्छ । बीबीसीका अनुसार राष्ट्रसंघको इतिहासमा यो धारा अहिलेसम्म केवल ९ पटक मात्र प्रयोग भएको छ । पछिल्लो पटक सन् १९८९ मा लेबनानको बेरुतमा सैन्य द्वन्द्व चलिरहेका बेला यो धारा लागू गरिएको थियो ।

गुटेरसले राष्ट्रसंघका सदस्य मुलुकहरूलाई ध्यान केन्द्रित गर्न पनि धारा(९९ लागू गरेका हुन् । उनले सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई लेखेका छन्, ुगाजामा रहेका हरेक व्यक्ति गम्भीर संकटबाट गुज्रिइरहेका छन् । अब गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन।ु

संयुक्त राष्ट्रसंघको बडापत्रले महासचिवलाई सीमित अधिकार दिएको छ जसमध्ये धारा(९९ पनि एक हो । धारा(९९ ले महासचिवलाई अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने कुनै पनि विषयलाई सुरक्षा परिषद्को ध्यान केन्द्रितु गर्न सक्ने अधिकार दिएको छ ।

इजरायल भने महासचिव गुटेरसको कदमबाट रुष्ट बनेको छ । राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड एर्दानले सामाजिक सञ्जाल एक्समार्फत असन्तुष्टि व्यक्त गरेका छन् । उनले महासचिवले राजीनामासमेत दिनुपर्ने बताएका छन् । उनको आरोप छ, आज महासचिव नैतिक पतनको तल्लो स्तरमा पुगेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group