ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली सेनाको आक्रमणमा रोयटर्सका पत्रकार मारिए, ६ जना घाइते


एबीसी न्यूज
२२ मंसिर २०८०, शुक्रबार   ४ : २६   बजे

काठमाडौं, २२ मंसिर । इजरायली ट्यांकका चालकले गत अक्टोबर १३ मा लेबनानमा रोयटर्सका एक पत्रकारको हत्या गरेको खुलेको छ ।

उक्त ट्यांकबाट दुईवटा गोली प्रहार भएको र त्यसक्रममा थप ६ जना पत्रकार घाइते भएको बताइएको छ ।

दुई हमलामा रोयटर्सका भिजुअल पत्रकार ३७ वर्षीय इसाम अब्दल्लाह मारिएको र एजेन्सी फ्रान्स प्रेस ९एएफपी०की २८ वर्षीय फोटोग्राफर क्रिस्टिना एसी गम्भीर घाइते भएको बताइएको छ ।

यो घटना इजरायली सीमाबाट एक किलोमिटर टाढा लेबनानको अल्मा अल चाब गाउँमा भएको बताइएको छ ।

रोयटर्सले यस विषयमा ३० भन्दा बढी सरकारी र सुरक्षा अधिकारी, सैन्य विशेषज्ञ, फोरेन्सिक अन्वेषक, वकिल, चिकित्सक र साक्षीहरूसँग घटनाको विस्तृत विवरणका लागि कुरा गरेको बताएको छ ।

उक्त क्षेत्रका आठ मिडिया आउटलेटबाट घन्टौँ लामो भिडियो फुटेज र आक्रमण अघि र पछिका सयौँ तस्बिर एवं हाइ रिजोल्युसनका स्याटेलाइट तस्बिरको समेत समीक्षा गरेको रोयर्टसले जनाएको छ ।

रोयटर्सले अनुसन्धानकै लागि घटनास्थलबाट जमिनमा र रोयटर्सको कारमा गाडिएको छर्रा, तीन वटा ज्याकेट, क्यामेरा, ट्राइपड र धातुको ठूलो टुक्रा पनि संकलन गरेको बताएको छ ।

सोही क्रममा इजरायली पक्षले अल जजिराको कार पनि ध्वस्त पारेको थियो ।

हमासले अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायलले जवाफी आक्रमण थालेको थियो । सोही क्रममा लेबनानको सीमानजिक हिजबुल्लाह लडाकुसँगको झडपमा इजरायली सेना थियो । त्यसैको कभर गर्न गएका पत्रकारमाथि इजरायली सेनाले घातक हमला गरेको थियो ।

त्यसपछि लेबनानी प्रसारक अल मायादीनका दुई पत्रकारलाई समेत नोभेम्बर २१ मा इजरायली सेनाले मारेको थियो ।

आक्रमण पछिका दिनहरूमा इजरायलको सेनाले घटनाबारे समीक्षा गरिरहेको भनेको थियो । तर, सेनाले कुनै निष्कर्ष सार्वजनिक नगरेको रोयटर्सले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu