काठमाडौं, २४ मंसिर । रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् ।
इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइएअनुसार राति करिब १०ः३० बजे शवगृह, क्लिनिक र भान्सा नजिक एक्कासि आगोले समातेको र तुरुन्तै माथिल्लो तलाको आपत्कालीन कोठासम्म फैलिएको थियो ।
मृतक चारजनामध्ये दुईजनाको धुवाँले निसास्सिएर मृत्यु भएको बताइएको छ भने एकजनाको हृदयघातका कारण मृत्यु भएको छ भने अर्का एकजनाको जलेर मृत्यु भएको छ । शवगृहमा रहेका अन्य शव पनि जलेको बताइएको छ ।
उद्धार गरिएका मध्ये धेरैजसो बालबालिका रहेका छन् । अस्पतालका प्रवक्ताले बताएअनुसार उद्धार गरिएकामध्ये १३४ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ ।
आकस्मिक कोठामा उपचारका लागि पर्खिरहेका प्रत्यक्षदर्शीहरूका अनुसार एक्कासि बिजुली गएको र आगो सनसनी रूपमा फैलिएको बताएका छन् । राससरएएनआई
प्रतिक्रिया दिनुहोस्