काठमाडौं, २५ मंसिर । दक्षिण कोरियामा अमेरिकाको एफ–१६ लडाकु विमान नियमित प्रशिक्षण अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
विमान दुर्घटना हुँदा पाइलट भने बाहिर निस्किसकेको योनहाप समाचार एजेन्सीले जनाएको छ । दक्षिण कोरियाको गुन्सानस्थित अमेरिकी वायुसेनाको अड्डानजिक दुर्घटना भएको बताइएको छ ।
राजधानी सियोलबाट १७८ किलोमिटर दक्षिणमा रहेको गुन्सान हवाई अड्डाबाट उडान भरेपछि विमान पानीमा खसेको बताइएको छ ।
यसअघि गत मेमा पनि एफ–१६ विमान दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला पनि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएका थिए ।
वांसिगटन सियोलको प्रमुख रक्षा सहयोगी हो । दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सेना तैनाथ छन् ।
प्रतिक्रिया दिनुहोस्