ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सागर सुब्बाको चलचित्र लोजिमाको ट्रेलर सार्वजानिक, विमला खजुम शीर्ष भूमिकामा


एबीसी न्यूज
२७ मंसिर २०८०, बुधबार   ७ : ३७   बजे

काठमाडौं । सर्बोत्कृष्ट राष्ट्रिय सांस्कृतिक पुरस्कार बिजेता चलचित्र “कुसुम”का निर्देशक सागर सुब्बाले झण्डै १ दशकपछि निर्देशन गरेको नयां चलचित्र लोजिमाको ट्रेलर हालै सार्वजानिक गरिएको छ । पाथीभरा च्यानलको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको ट्रेलर पाथीभरा च्यानलकै आधिकारिक युट्युब च्यानलबाट अपलोड भएको छ ।

ट्रेलरमा एक जोडी प्रेमिल जोडीको जीवनमा अर्की युवतीको आगमनपछि आउने उतारचढावलाई लिम्बु संस्कृति र सामाजिक परिवेशसंग जोडेर देखाइएको पाइन्छ । २०७२ सालमा शेर्पा भाषाको पहिलो चलचित्र “कुसुम” निर्देशन गरेर निकै चर्चा कमाउनुभएका निर्देशक सुब्बाको पछिल्लो चलचित्र “लोजिमा”को कथा पनि आफ्नै हो । चलचित्र भनेको केवल मनोरन्जन मात्र हैन, चेतना र सन्देश पनि हो भन्ने कुरामा चलचित्र निर्माण गर्दै गर्दा आफू सचेत रहेको निर्देशक सगर सुब्बाले बताए । पम्फावती राई कार्याकारी निर्माता, आशाहाङ आङ्बो निर्माता र सागर केरुङको पटकथा, संवाद लेखन रहेको चलचित्र लोजिमाको छायांकन रबिन्द्र बराल, मुख्य सहायक निर्देशन दीपक अधिकारी, श्रृगार नरेश खरेल, विशेष प्राविधिक सहयोगी बसन्त अधिकारी, साउण्ड डिजाईन मानशी किरण, पोष्टर डिजाईन सुन्दर श्रेष्ठ, सम्पादन संजय अधिकारी र पाश्र्व संगीत अशोक राईले दिए ।

आशोक लोहोरुङ राईले एरेन्ज गरेको चलचित्र लोजिमाका गीतहरुमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर सुन्न सकिन्छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मस् र डबिङ एम के प्रोडक्सनमा गरिएको निर्देशक सुब्बाले जानकारी दिए ।

पछिल्लो समय राम्रै चर्चा कमाईरहेकी नायिका विमला खजुमको शीर्ष भूमिका रहेको लोजिमामा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू, ज्ञानु खम्दाकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र लोजिमाको प्रिमियर शो आगामी डिसेम्बर २४ (पौष ८, २०८०)मा भारतको सिक्किममा हुदैछ । त्यसपश्चत सिक्किमका विभिन्न स्थानहरु, काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायतका ३० भन्दा बढी स्थानमा प्रर्दशन हुने पक्का भईसकेको बताइन्छ । साथै विदेशमा युके,कोरिया, हङकङ, मलेशियालगायत अन्य देशहरुमा पनि क्रमश प्रर्दशन हुने निर्देशक सुब्बाले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

बलिउड कलाकार नेपालका बाढीपीडितको साथमा, सोनु सुदले दिए सहयोगको वाचा

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu