ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाल सागरबाट जहाज इजरायल गए आक्रमण गर्ने हुथीको चेतावनी


एबीसी न्यूज
२७ मंसिर २०८०, बुधबार   १ : ५९   बजे

काठमाडौं, २७ मंसिर ।  यमनको सिया इस्लामवादी राजनीतिक एवं सैन्य संगठन हुथीले पानी जहाजहरू इजरायलतर्फ गए आक्रमण गर्ने चेतावनी दिएको छ ।

हुथीका एक वरिष्ठ अधिकारीले लाल सागर ९रेड सी० हुँदै यात्रा गर्ने जहाजहरूलाई इजरायल र त्यसले कब्जा गरेको क्षेत्रतर्फ यात्रा नगर्न चेतावनी दिएका हुन् ।

यमनको हुथी सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अली अल हुथीले जहाज इजरायलतर्फ जानबाट रोकिनुपर्ने र यमन पार हुँदै जाने जहाजले रेडियो खुला राखी तुरुन्त हुथीसँग सञ्चार गर्नुपर्ने बताएका छन् ।

उनले आफ्नो पहिचान झुटो बताउने वा जुन देशको हो त्यो भन्दा फरक देशको झन्डा नराख्न पनि चेतावनी दिएका छन् ।

गाजामा इजरायलले गरिरहेको आक्रमणको चपेटामा परेका प्यालेस्टिनीसँग ऐक्यबद्धता व्यक्त गर्दै हुथीले इजरायल जाने जुनसुकै देशको जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन् । यस्तै हुथीले अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूलाई इजरायली बन्दरगाहसँग काम नगर्न भनेको छ ।

मंगलबार मात्रै हुथीले एक नर्वेजियन कर्मसियल ट्यांकरमा मिसाइल हानेको बताएको छ । आइतबार हुथीले बेलायती स्वामित्वमा रहेको जापानबाट सञ्चालित एक कार्गो जहाज अपहरण गरेको भिडियो सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu