ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इँटा उद्योगबाट सयौँलाई रोजगारी


admin
१ फाल्गुन २०७४, मंगलबार   ३ : ३२   बजे

पाल्पा, १ फागुन । रामपुरमा इँटा उद्योग सञ्चालनमा आएपछि सयौँ बेरोजगार युवालाई रोजगार मिलेको छ ।

रामपुरका स्थानीय युवा सीताराम देवकोटा र सुन्दर देवकोटाले सञ्चालन गर्नुभएको इँटा उद्योगमा हाल १०० भन्दा बढी मजदुरलाई रोजीरोटी गर्ने अवसर मिलेको छ । इँटा उद्योगमा मजदुरी गरेर परिवारको लालनपालनसँगै छोराछोरीको पढाइ खर्चका लागि सहज भएको कामदार किशोरी बैठ्ठा बताउनुहुन्छ । रौतहटबाट रोजगारका निम्ति यहाँ आउनुभएको उहाँले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ३० हजारभन्दा बढी कमाइ गर्नुहुन्छ ।

यहाँ काम गर्ने सबैजसो कामदार तराई क्षेत्रका छन् । रौतहटकै अर्का मजदुर दिनेश रावत कुर्मीले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ४० हजारसम्म आम्दानी गर्नुहुन्छ । इँटा उद्योगमा मजदुरी गरेर उहाँले ११ जनाको परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “विदेश गएर कमाउने पैसा नेपालमै कमाउन सकिन्छ, दाम कमाउनकै निम्ति विदेश जानुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

पूर्वी पाल्पामै एकमात्र आधिकारिक रुपमा सञ्चालित उक्त इँटा उद्योगबाट बेरोजगार युवालाई पर्याप्त आम्दानी गर्ने अवसर मिलेको छ । पाँच वर्षअघिदेखि सञ्चालनमा आएको सो उद्योगमा रु डेढ करोडभन्दा बढी लगानी गरेको सञ्चालक सुन्दर देवकोटा बताउनुुहुन्छ । यहाँ दैनिक ४० हजारको हाराहारीमा इँटा उत्पादन हुने गरेको छ । प्रतिइँटाको मूल्य १४ रुपैयाँ ५० पैसा पर्छ ।

काम र परिश्रमअनुसार मजदुरलाई सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको बताउनुुहुन्छ अर्का सञ्चालक सीताराम देवकोटा । यहाँ उत्पादित इँटा गुणस्तर र टिकाउ रहेकाले माग दिनानुदिन बढ्दो रहेको उहाँले बताउनुभयो । उद्योगमा काम गर्ने सबैजसो मजदुरले घरायसी खर्च र छोराछोरीको पढाइ खर्च राम्रोसँग चलाउँदै आएका छन् । सो उद्योगमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत जिल्लामा खपत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu