ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिम्बू जातिले मनाए नयाँ वर्ष


एबीसी न्यूज
१ माघ २०८०, सोमबार   ३ : ००   बजे

काठमाडौ १ माघ । माघ १ गते लिम्बू जातिले मान्दै आएको कुुसङ तङ्वे ९नयाँ वर्ष० तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आजदेखि लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ । येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए।

लिम्बू भाषामा तङ्नामको अर्थ पर्व कक्फेक्वाको अर्थ चापको फूल र यो समय चाप फुल्ने भएकाले यो पर्वलाई कक्फेक्वा तङ्नामका रुपमा परापूर्वकालेखि नै लिम्बू समुदायले मनाउँदै आएको म्याङलुङ–१ का बलदेव तुम्बाहाङ्फेले बर्ताए ।साहित्यकार देवेन्द्र खापुङ सुर्केलीका अनुसार लिम्बू जातिले कृषि युगमा प्रवेश गरेपछि वर्षभरलाई चार ऋतुमा विभाजन गरेका थिए । पात्रोको निर्माण हुनुअघिको समयलाई मौसम परिवर्तनअनुसारको ऋतुमा विभाजन गरिएको हो । अन्नपात सकिएर तरुल, भ्याकुर, कन्दमूलसमेत खाएर जीवनयापन गर्नुपर्छ भनेर पुस, माघ र फागुनको समयमा कक्फेक्वा ऋतु बनेको हो ।

त्यसपछिको ऋतु यक्वा अर्थात् खडेरी पर्ने भएकाले पानी माग्ने गरिन्छ । बीउबिजन लगाएर फल्न फुल्न थालेपछिको ऋतु सिसेक्वा र बालीनाली पाकेपछि थन्क्याउने समय चासोक हो ।कक्फेक्वा तङ्नामकै समयमा लिम्बू जातिले कुसङ् तङ्बे अर्थात् नयाँ वर्ष भनेर पनि मनाउँछन् । किरात राजा यलम्बरको शासनकालदेखि यता गनेर मानिने संवत्लाई लिम्बू जातिले येले तङ्बे भन्दछन् । याक्खा जातिले यले दोङ, वान्तबा राईहरुले येले दोङ, सुनुवारले येले थोचे भन्दछन् ।

जुन अहिले ५०८४ पुगेको छ ।हिजै घर तरुल खनेर, वनतरुल खोजेर तयार पारेको आज बिहान काँचो तरुलको टीका लगाएर उसिनेको वनतरुल, घरतरुल, सेलरोटी खाँदै गाउँघरमा कक्फेक्वा तङ्नाम अर्थात् माघेसङ्क्रान्ति मनाउने तयारी गरिरहेको म्याङलुङ–९ का लक्ष्मी लिम्बूले बताए।त्यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मा मगर समुदायको सांस्कृतिक पर्व ‘माघ्या सकराँटी’ पर्व जिल्लाभरका मगर समुदाय भेला भएर मनाइरहेको नेपाल मगर सङ्घ माघ्या सकराँटी पर्व सारल्हेस व्यवस्थापन उपभोक्ता समिति तेह्रथुमका अध्यक्ष मीनबहादुर मगरले बताए। त्यसैगरी, जिल्लाका विभिन्न स्थानमा माघे सङ्क्रान्तिका अवसरमा मेला, खेलकुद, सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu