ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार ‘अमर’ को ३४ औं कृर्ति मायाको ऐना गीतिएल्बम सार्वजनिक


एबीसी न्यूज
५ माघ २०८०, शुक्रबार   ३ : ३१   बजे

काठमाडौं, ५ माघ । ओएसनेपालको आयोजनामा वरिष्ठ कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३४ औं कृर्ति मायाको ऐना गीतिएल्बम एक समारोहबीच वरिष्ठ कवि एवं गीतकार प्रा. मन्जुलद्वारा सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन “अमर” र साहित्यकार मन्जुलको एकाइ वर्षपछिको भेट तथा एक समारोहबीच साहित्यिक कार्यक्रमको आयोजनामा उक्त एल्बम सार्वजनिक गरिएको थियो । विश्व चर्चित भारतीय गायक कुमार सानुको स्वरमा तिम्रो मायाको सागरमा पौडी रहन पाउँ, जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाउँ, र गायक सुमन श्रेष्ठको स्वरमा आँखैमा बस्यौ तिमी मुटुका बस्यौ मलाई मायामा पल्कायौ, पानी झैँ छलछल छल्किने तिम्रो जवानी झल्कायौ ,दुई गीत विश्व कृतिमानी चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको छ ।

एल्बम सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार एवं गीतकार प्रा. मन्जुलले धेरै पछिको अन्तराल अर्थात दुई दशकपछि साहित्यकार अमरसँग भेट भएको र अहिले उनको रचनामा रहेको एल्बम सार्वजनिक गर्दा एकदम खुशीको महसुस गरेको बताए । दुई दशक अगाडि विभिन्न अनेकौं कार्यक्रमहरूमा हाम्रो भेट भएको स्मरण गर्दै दुई दशकपछिको भेटमा पनि साहित्यकार अमर पहिले झैं साहित्य, गीत, संगीतमा निरन्तर लागेकोमा खुशी व्यक्त गरे । यस्तै गरि साहित्यकार एवं प्रा. सुस्मिता नेपालले पनि साहित्यकार अमरको साहित्य क्षेत्रमा थप उन्नति प्रगतिको कामना गरिन।

ओएसनेपालको प्रस्तुति रहेको एल्बम सार्वजनिक समारोहमा संगीतकार सन्तोष श्रेष्ठ, फिल्म निर्देशक रोशन कुमार श्रेष्ठ, फिल्म निर्देशक प्रेम बस्याल, गायक सुर्यकमल राई लगायतले एल्बमका बारेमा आ–आफ्नो भनाईहरु ब्यक्त गरेका थिए । कार्यक्रमको सभापति ओएसनेपालकोतर्फबाट विवेक कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu