सर्लाही, ४ फागुन। सर्लाहीमा बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर एक जनाको ज्यान गएको छ। दोलखा मेलुङ घर भएका ५५ वर्षीय दलबहादुर थापाको नहरमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनुभयो।
उनी सर्लाहीको बागमती नगरपालिका-८ राजघाटमा बसेर मजदुरी गर्दै आएका थिए। तीनदिन देखि हराएका थापाको बिहीबार स्थानीयले बागमती सिँचाइ आयोजनाको मुल नहरको पानीमा डुबेको शव फेला पारेका थिए। मदीरा सेवन गरेकाले चिप्लिएर नहरमा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
प्रतिक्रिया दिनुहोस्