पोखरा, ४ फागुन । प्रदेश ४ मा दुई सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा एमाले सांसद रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।
उनले शपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् । प्रदेश सभाक समेत माओवादीले मन्त्री पठाएन । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएका कारण माओवादीले नाम पठाउन नसकेको एक नेताले बताए । ‘हाम्रो आन्तरिक छलफल नपुगेकाले नाम पठाउन नसकेको हो’ उनले भने ।
भागवण्डामा माओवादीले गृह (आन्तरिक मामिला) तथा कानुन र भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय पाएको छ । आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय एमालेले नै राखेको छ ।
प्रतिक्रिया दिनुहोस्