ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाकार खड्कीले भने- मलाई साथिहरुले धोखा दिए, जानजान तस्करीमा संलग्नहरुको नालीबेली खोल्छु


admin
४ फाल्गुन २०७४, शुक्रबार   ५ : ३७   बजे

काठमाडौं, ४ फागुन । मानव तस्करीको मुद्धामा प्रहरीको हिरासतमा रहेका कलाकार राजेन्द्र खड्कीले आफु अनजानबस सो मुद्धामा फसेको बताएका छन् । उनले आफुलाई साथिहरुले धोका दिएको बताउँदै जानाजान मानव तस्करीमा सक्रिय रहेका गिरोहको बारेमा बोल्ने बताएका छन् ।

कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका ११ नेपाली उतै लुकेपछि कोरियन दूतावासले कलाकार राजेन्द्र खड्कीमाथि उजुरी हालेको थियो।

आफ्ना गुरूको डकुमेन्ट्री बनाउने क्रममा आफ्ना साथीहरूले धोका दिएकाले आफू जेलमा बस्नुपरेको खड्गीले बताए।

‘गुरूको सम्झनामा डकुमेन्ट्री बनाउने सपनाले घर बेचेँ, जिन्दगीभरको कमाई खर्च गरे तर साथीहरुले धोका दिए,’ उनले भने, ‘अहिले आएर प्रहरी थुनामा छु, मलाई मानव बेचबिखनको आरोप लागेको छ, तर पनि खुसी छु, किनकी मैले नराम्रो कर्म गरेको छैन।’

मानव बेचबिखनको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईवीको हिरासतमा रहेका खड्गीले आफूले जसरी भए पनि डकुमेन्ट्री बनाएरै छोड्ने दाबी गरे।

‘पहिला प्रहरीलाई मुख छाडेकोमा ५ दिन थुनामा परेको थिएँ, अहिले गुरूको डकुमेन्ट्री बनाउने क्रममा साथीहरुले धोका दिँद फेरि प्रहरी हिरासतमा आइपुगेको छु,’ खड्गीले भने।

आफूले जानेर कुनै पनि नराम्रो काम नगरेको दाबी गर्दै खड्गीले जानी जानी मानव तस्करी गरेर विदेश पठाउनेको लिस्ट आफूसँग सुरक्षीत रहेको बताए।

फटाहाहरू भागे कमाई गरेर घर पठाउँलान् तर आफ्नो हालत प्रहरी हिरासतमा भएको भन्दै उनले गुरुको डकोमेन्ट्री बनाउने सपना पुरा गरेरै छाड्ने अठोट लिए। ‘मैले केही गर्छु भन्दा नजानेर फसेँ, तर जानाजान मान्छे लिएर लापत्ता पार्नेहरू धेरै छन् उनीहरुको बारेमा पनि बोल्नेछु,’ खड्कीले भने।

‘नेपालका कुन चाँही ठूला बढाले मान्छे विदेश लगेका छैनन् र, ठूला कलाकारदेखि नेता र मन्त्रीलेसमेत मान्छे लिएर उतै छाडेको मैले देखेकै हो, सुरूमा अरुले लिएरै म त गएँ,’ उनले अगाडि भने।

कोरिया गएर उतै लुकेकाबाट आफूले एक पैसा पनि नलिएको दाबी खड्गीको छ। ‘कोरिया लुकेका ११ जनाबाट मैले एक पैसा खाएको छैन, उनीहरुले मेरा लागि भनेर एक पैसा पनि दिएका छैनन्, डकोमेन्ट्रको प्रोडुसर उनीहरू पनि हुन्, बिचैमा धोका दिए के गर्नूरु’ उनले भने।

डकुमेन्ट्री आफ्नो कम्पनी मार्फत बन्ने भएकाले आफू उनीहरूको जमानी बसिदिएको उनले बताए।यसैबीच डकुमेन्ट्री बनाउन सम्पूर्ण ब्यवस्था मिलाईदिने भन्दै कोरिया फिल्म एसोसियसनलाई ५० लाख रूपैया दिएका खड्कीले जानकारी दिए।

डकुमेन्ट्रीका बनाउन चाहिने आवश्यक सम्पूर्ण कागज आफूसँग सुरक्षित रहेको खड्कीको दाबी छ।

खड्कीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो।

उजुरी पछि मुख्य नाइके एवम् उनीहरुलाई कोरिया भिसा लगाउँदा जमानी बसेका खड्कीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख डिआईजी पुस्कर कार्कीले बताए।

विभिन्न कार्यक्रममा सहभागी भन्दै बिदेश लैजाने र उतै छोड्नेमा सरकारी मन्त्रीदेखि ठूला कलाकारको गिरोह नै सक्रिय रहेको सीआईवीको दाबी छ।

‘खड्की त एक नमूना मात्रै हुन् यसरी मान्छेलाई विदेश तस्करी गर्नेहरू धेरै छन् हामी अनुसन्धान गर्दैछौं,’ सीआईवी प्रमुख डीआईजी कार्कीले भने, ‘यताबाट भिआईपी र कार्यक्रमका सहभागी भएर विदेश जाने शणरार्थी भएर उतै बस्नेहरू धेरै छन्।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group