काठमाडौं, ४ फागुन । भारतिय फिल्म पद्मावतले भारत तथा विश्वको बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै ५०० करोडभन्दा बढी रुपैयाँ कमाएको छ ।
रिलिज पूर्व विवादास्पद रहेको फिल्मले रिलिज भएपछिको २१ दिनमा यो आँकडा पार गरेको हो । संसारभरि ५०० करोड रुपैयाँ कमाउने यो नवौं भारतीय फिल्म हो ।
फिल्मको व्यापार विश्लेषक रमेश बालाले आफ्नो ट्विटर ह्यान्डलमा फिल्मको वर्ल्डवाइड आँकडा शेयर गरेका हुन् ।
पद्मावतले भारतमा ३४५ करोड भारुको व्यापार ग–यो भने विदेशमा १७५ करोड भारु कमायो । सबै जोड्दा फिल्मले ५२० करोड भारु जोड्यो ।
फिल्म २५ जनवरीमा रिलिज भएको थियो । यसको निर्देशन सञ्जय लीला भन्सालीले गरेका हुन् । फिल्म बनाउन १८० करोड भारु खर्च भएको थियो ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्