ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्जाव नेसनल बैंक घोटालाकाण्ड, कुनै समय पापड बेच्थ्यो अर्बपतिको परिवार


admin
४ फाल्गुन २०७४, शुक्रबार   ७ : ११   बजे


काठमाडौं, ४ फागुन । भारतको बैंकिङ इन्डस्ट्रीको सबभन्दा ठूलो घोटालामा मुछिएको छ नीरव मोदी परिवार । सीबीआईले घोटालामा मोदीको संलग्नता भएको पाएपछि लुक आउट नोटिस जारी गरेको छ ।

कुल ११ हजार ५०० करोड भारु सम्पत्तिको मालिक, हीरा व्यापारी नीरवको हजुरबुवा हजुरआमाले कुनै समय गुजरातमा पापड बेच्ने गर्थे ।

अहिले यो परिवार दशवटा देशमा हीराको व्यापार गर्छ ।

पञ्जाब नेसनल बैंकमा लगभग ११ हजार करोड भारुको धोकाधडीको खुलासा हुनुअघि नै नीरवको परिवारले देश छोडिसकेको छ । सूत्रहरूका अनुसार, नीरव बेल्जियममा भाइसँग बस्छन् ।

भारतको प्रवर्तन निर्देशनालयले १४ फेब्रुअरीमा बैंक फ्रडको सिलसिलामा नीरव र उनका नातेदारहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको छ । बिहीवार अनेकौं ठाउँमा छापा मारिएको छ ।

प्रवर्तन निर्देशनालयले नीरव मोदी र मेहुल चौकसीको १७ वटा पसलमा छापा मा–यो । छापा मारिँदा ५१ सय करोड भारुबराबरको हीरा र सुन बरामद भयो । ६ वटा ठाउँ सील पनि गरियो । ती ठाउँमा रहेका जग्गाको भाउ अनि बहुमूल्य सामानको भ्यालुएसन शुरू भएको छ ।

निर्देशनालयले विदेश मन्त्रालयलाई नीरव, उनकी पत्नी अमी र मेहुल चौकसीको पासपोर्ट रद्द गर्न भनेको छ । तर नीरव र उनको परिवारले जनवरीको पहिलो हप्तामा नै देश छोडेका थिए । सीबीआईले सबैका विरुद्ध ३१ ज्नवरीमा लूकआउट नोटिस जारी ग–यो ।

नीरव मोदी गुजरातको पालनपुरका मूल निवासी हुन् । उनका पिता पीयूष बेल्जियममा स्थायी बसोवास गर्न थालेका थिए । पालनपुरमा नीरवका हजुरबुवा किराना पस चलाउँथे । हजुरआमा पापड बेच्थिन् ।

अहिले भारत र अन्य देशमा गरी नीरव मोदीका नौवटा बुटिक छन् । उनी १० देशमा २६ सब्सिडियरीमार्फत व्यापार गर्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu