ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिली राष्ट्रपतिको टिप्पणीलाई लिएर इजरायलसँग कूटनीतिक तनाव


एबीसी न्यूज
८ फाल्गुन २०८०, मंगलबार   ४ : ३४   बजे

काठमाडौं ८ फागुन ।   इजरायलप्रति ब्राजिली राष्ट्रपतिको टिप्पणीलाई लिएर यी दुई देशबीच कूटनीतिक तनाव सिर्जना भएको छ।

ब्राजिलले इजरायलबाट राजदूत फिर्ता बोलाएको छ भने इजरायलले ब्राजिली राष्ट्रपति लुइस इनासिाय लुला दा सिल्भालाई ‘अनिच्छित व्यक्ति’ घोषणा गरेको छ।

यसको सुरुवात भने लुलाले गाजामा इजरायली आक्रमणको आलोचना गरेपछि भएको थियो। उनले इजरायली सैन्य कारबाहीलाई हिटलरको यहुदी नरसंहारसँग तुलना गरेका थिए।

‘गाजापट्टीमा प्यालेस्टिनी जनतामाथि जे भइरहेको छ, त्यस्तो इतिहासको कुनै क्षणमा भएको थिएन। वास्तवमा भएको थियो– जब हिटलरले यहुदीहरुलाई मार्ने निर्णय लिएका थिए,’ लुलाले आइतबार भनेका थिए।

दोस्रो विश्वयुद्धको क्रममा नाजीहरुले ६० लाख यहुदीको नरसंहार गरेका थिए।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले लुलाको टिप्पणीलाई ‘अपमानजनक र गम्भीर’ भने।  सोमबार इजरायली विदेशमन्त्री इजरायल काट्जले लुला अवाञ्छित व्यक्ति भएको घोषणा गरे।

बदलामा ब्राजिलको विदेश मन्त्रालयले तेल अभिभमा रहेका राजदूत फ्रेडेरिको मेयरलाई फिर्ता बोलाएको छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu