काठमाडौं १४ फागुन । युक्रेनका एक सांसदले आफ्नो देशले अमेरिकालाई जुनसुकै देशसँगको युद्धमा सघाउने बताएका छन्। उनले चीन, इरान, उत्तर कोरियाको नाम लिँदै ती देशसँग अमेरिकाको युद्ध भए युक्रेनले सहयोग गर्ने बताएका हुन्।
सीएनएनसँगको एक अन्तर्वार्तामा सांसद अलेक्सी गोन्चारेन्कोले अमेरिकासँग सहयोग माग्दै यस्तो बताएका हुन्।
‘अमेरिकाले हामीलाई चाहिनेजति सहयोग गरौँला भनेको थियो। त्यो वाचा पूरा गर्ने समय हो यो,’ उनले भने। युक्रेनलाई सहयोग गर्ने प्रस्ताव अमेरिकी संसदमा रोकिएको छ।
राष्ट्रपतीय चुनावमा ध्यान केन्द्रित गर्दा युक्रेन पीडित हुन नहुने उनको भनाइ थियो। अमेरिकामा जसले जिते पनि युक्रेनले वासिङ्टनकै हितको सेवा गर्ने उनले बताए।
‘भविष्यमा युद्ध भए अमेरिकीहरुलाई काँधमा काँध जोडेर उभिने मान्छे चाहिन्छ। त्यसरी सहयोग गर्ने मुलुक धेरै छैनन्,’ उनले भने, ‘युक्रेनीहरु तयार छन्। हामी तयार छौँ, अमेरिकासँग काँधमा काँध मिलाएर उभिन। तेहराननजिकको सुरुङमा होस वा उत्तर कोरियामा, वा बेइजिङनजिकको। केही फरक पर्दैन। किनभने तपाईंहरुको सहयोग हामीलाई अमूल्य छ।’ एजेन्सी
प्रतिक्रिया दिनुहोस्