ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग गरिन् बिहे


एबीसी न्यूज
१६ फाल्गुन २०८०, बुधबार   १२ : ५५   बजे

काठमाडौ १६ फागुन । बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग विवाह गरेको तथ्य प्रकाशमा आएको छ ।भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो ।सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग हुने तय भएको थियो ।

सामूहिक विवाहमा उनीहरुको रजिस्ट्रेसन नम्बर ३६ थियो ।तर विवाह सकिनासाथ बेहुलीले आफ्नो सिन्दुर र टीका पुछेकी थिइन् । सोधपुछका क्रममा उनले आफ्नै भिनाजुसँग विवाह गरेको पाइएको हो । खुसीको सिउँदोमा सिन्दुर भरेका पुरुषले आफ्नो नाम बृषभान नभएर दिनेश रहेको बताएका थिए ।दिनेशका अनुसार खुसीसँग बृषभानकै विवाह हुने तय थियो । तर सामूहिक विवाह कार्यक्रममा बेहुला आइनपुगेका कारण आफूले विवाह गरेको उनले बताए ।

उनले आफू विवाहित रहेको र खुसी साली पर्ने पनि जानकारी दिए ।दिनेशका अनुसार सरकारी अधिकारीहरुकै सल्लाहमा उनी बृषभानको ठाउँमा बेहुला बनेका थिए । विवाह समारोहमा सरकारका तर्फबाट प्राप्त हुने आर्थिक सहयोग हासिल गर्नका लागि यस्तो खेल भएको स्रोत बताउँछ ।बेहुली खुसीले टाढाबाट आउनु परेका कारण समयमै बेहुला आइनपुगेपछि आफूले भिनाजुसँग विवाह गरेको बताइन् । ‘यो गलत हो भन्ने मलाई थाहा छ, तर हाम्रो पनि समस्या थियो, फर्म भरिसकिएको थियो, सबै कुरा अनलाइन दर्ता भइसकेको थियो,’ उनले भनिन्, ‘म मण्डमा पुगिसकेकी थिएँ, त्यसैले विवाह गर्नुप¥यो ।’समाज कल्याण अधिकारी ललिता यादवले यसबारे उजुरी परेमा आवश्यक कारबाही गर्ने बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu