ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल युद्धविरामको लागि संयुक्त राष्ट्रसंघबाट प्रस्ताव पारित, अमेरिका अनुपस्थित


एबीसी न्यूज
१३ चैत्र २०८०, मंगलबार   ५ : १०   बजे

 

 

काठमाडौं १२ चैत । गाजमा तत्काल युद्धविराम गर्ने पक्षमा युएन सुरक्षा परिषदले प्रसस्ताव पारित गरेको छ । १५ सदस्यीय युएन सुरक्षा परिषदमा युद्धविराम प्रस्तावमाथिको मतदानमा अमेरिकाले भने मतदान गरेन्। अमेरिकाले विपक्षमा पनि मतदान नगरेर अनुपस्थित भएको जनाएको थियो । यस प्रकरणले यूएन युद्धविराम प्रस्ताव पारित हुनुले अमेरिकी–इजरायल सम्बन्ध थप तनावपूर्ण बनेको छ । इजरायली प प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार चेतावनीको भाषामा भनेका छन्– उनले अब यसका लागि उच्च–स्तरीय प्रतिनिधिमण्डललाई वाशिंगटनमा पठाउने छैनन्।

राष्ट्रपति बाइडेनले दक्षिणी गाजा सहर राफाहमा नियोजित इजरायली आक्रमणको विकल्पबारे छलफल गर्न यूएन बैठकलाई अनुरोध गरेका थिए । रफाहामा दस लाख भन्दा बढी मानिसहरूले शरण लिएका छन्, । नियोजित इजरायली आक्रमणले मानवीय प्रकोप सिर्जना गर्ने अमेरिकी अधिकारीहरूले चेतावनी दिंदै आएका छन् ।
यसैबीच पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक रूढिवादी इजरायली समाचार संस्थासँगको अन्तर्वार्तामा इजरायललाई ूआफ्नो युद्ध समाप्त गर्नू आग्रह गरेका थिए । उनले इजरायल सरकारलाई युद्धात्मक समर्थन मिसाएर यहुदी राज्यले ूविश्वका लागि धेरै खराब तस्वीरू प्रदान गरेर अन्तर्राष्ट्रिय समर्थन गुमाउँदै गएको भन्दै कडा चेतावनी दिएका थिए ।

तर ट्रम्पले राष्ट्रपति बाइडेनलाई लक्षित गरेर भने कठोर शब्दहरूका साथ भनेका छन् – उनले बाइडेनलाई ूमूर्खू को संज्ञा दिए । फेरि पनि ट्रम्पलेसंयुक्त राज्य अमेरिकाले के गर्नुपर्छ, वा उनी निर्वाचित भएमा गाजामा युद्ध अन्त्य गर्न वा इजरायल र प्यालेस्टाइनहरू बीच शान्तिको उद्देश्यलाई अगाडि बढाउन के गर्ने भनेर कुनै प्रिस्क्रिप्सन प्रस्ताव नगरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

अमेरिकाले गाजामा इजरायल र हमास बीचको युद्धको अन्त्यका लागि आह्वान गर्ने अघिल्ला तीनवटा युएन सुरक्षा परिषद्को प्रस्तावलाई भने भिटो गरेर रोकेको थियो ।तर सोमबार, जब सुरक्षा परिषदले कम कडा शब्द रहेको प्रस्ताव अघि सार्दै पवित्र रमजान महिनाको लागि युद्धविरामको आह्वान गर्दा युएस प्रतिनिधि अनुपस्थित रहेर प्रस्तावलाई पारित गर्न अप्रत्यक्ष रुपमा सघाएका थिए ।

अमेरिकी अनुपस्थितिलाई ‘युद्धको सुरुवातदेखि नै अमेरिका स्थितिबाट पछि हट्ने’ चाल भनेर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले निन्दा गरेका छन् ।नेतान्याहुले भनेः यसले ‘हमासलाई थप आशाबादी बनाइदिएको छ, अन्तर्राष्ट्रिय दबाबले गर्दा उनीहरूलाई बन्धक मुक्त नगरीकनै पनि युद्धविराम हासिल गर्न सक्षम बनाउनेछ।’

ह्वाइट हाउसमा पत्रकारहरूसंग बोल्दै राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन एफ किर्बीले अमेरिकी स्थितिमा कुनै परिवर्तन नभएको स्पष्टीकरण दिएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवालाई घर पुर्‍याउने चालक ट्राफिक कारबाहीमा

आज संसद्का दुवै सदन बस्दै : खानीदेखि राहदानीसम्मका विधेयकमा छलफल

सम्बन्धित

‘दिमागी नक्सल’ले ततायो भारत : मोदीको एक शब्द, विपक्षको प्रश्न—‘आखिर नक्सल को?’

फ्लोरेसमा ७.७ को महाभूकम्प : ५३ जनाको मृत्यु, हजारौँ विस्थापित, उद्धारमा पहिरोको अवरोध

सेउता प्रवेश गर्न खोज्ने २९४ प्रवासी मोरक्कोमा पक्राउ

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

इरान युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनलाई सकस, सुरुवाती लक्ष्यबाट पछि हट्दै?

दक्षिण वेल्सको डढेलो नियन्त्रणमा गोर्खा सैनिक परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu