ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा सक्रिय सहायताकर्मी मारिनु दुःखद : इजरायली सेना प्रमुख


एबीसी न्यूज
२१ चैत्र २०८०, बुधबार   १ : ०४   बजे

काठमाडौं २१ चैत । इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सात जना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताउनु भएको छ ।

सहायताकर्मीको मृत्यु भएकाप्रति अन्तर्राष्ट्रिय समुदायले तीव्र आलोचना गरेसँगै सेना प्रमुख हालेभीले इजरायली सेनाबाट “गम्भीर त्रुटी” भएको स्वीकार गर्नु भएको छ ।

इजरायली सेनाले वर्ल्ड सेन्ट्रल किचेन नामको सहायता टोलीमाथि सोमबार रातिको समयमा हवाई हमला गरेको थियो । सेना प्रमुख हालेभीले एक भिडियो सन्देशमा वर्ल्ड किचेनको सहायता टोलीका गतिविधिलाई राम्रोसँग पहिचान गर्न नसक्दा त्रुटिबस सेनाले हमला गरेको बताउनु भएको छ ।

उहाँले वर्ल्ड किचेनका सदस्यमाथि जानाजान आक्रमण नगरिएको पनि दाबी गर्नु भएको छ ।

गत अक्टोबरमा युद्ध प्रारम्भ भएयता अमेरिकी परोपकारी संस्था वर्ल्ड किचेनले पहिलो पटक गाजामा विस्थापित सर्वसाधारणलाई खाद्यान्न समेतका दैनिक उपभोग्य राहत सामग्री वितरण गर्न थालेको थियो । हवाई हमलाबाट वर्ल्ड किचेनको राहत सामग्री राखेको सवारी साधन ध्वस्त भएको थियो ।

वर्ल्ड किचेनले प्रकाशन गरेको विज्ञप्तिमा समुद्री मार्गहुँदै गाजामा ल्याइएको १०० टनभन्दा बढी मानवीय खाद्यान्न सहायता सामुद्रिक जहाजबाट अर्को गाडीमा राख्दै गर्दा आफ्ना कर्मचारीमाथि हमला भएको जनाएको छ ।

यस आक्रमणबाट अस्ट्रेलिया, बेलायत, प्यालेस्टाइन, पोल्यान्ड र अमेरिकी–क्यानाडेली नागरिक हताहत भएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नु भएको छ । उहाँले इजरायलले गाजामा मानवीय सहायताका लागि मद्दत गरिरहेका सहायताकर्मीमाथि हमला गर्नु अत्यन्त निन्दनीय घटना भएको बताउनु भएको छ ।

राष्ट्रपति बाइडेनले उक्त आक्रमणको तत्काल छानबिन गरी घटनाका दोषीमाथि कारबाही गर्न इजरायलसँग माग गर्नु भएको छ ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि मानवीय सहायताकर्मीमाथि भएको आक्रमण अत्यन्त दुःखद रहेको बताउँदै हालसम्म इजरायली आक्रमणबाट १९६ जना मानवीय सहायताकर्मी मारिइसकेको बताउनु भएको छ । उहाँले गाजामा तत्कालै मानवीय युद्धविराम गर्न इजरायललाई आग्रह गर्नु भएको छ ।

वर्ल्ड किचेनले इजरायली आक्रमणबाट मारिएका व्यक्तिहरुको नाम पनि सार्वजनिक गरेको छ । मारिनेहरुमा साइफेडिन इसाम आयाद अबुताह, जोमी फ्रान्कोम, पोल डामियन सोबोल, ज्याकोब फ्लिकिन्गर, जोन च्यापम्यान, जेम्स हेन्डरसन र जेम्स कर्बी रहेका छन् ।

डब्लुसीकेका प्रमुख कार्यकारी एरिन गोरले एक विज्ञप्ति जारी गर्दै दिनभरको कामबाट थकित हाम्रा सहायताकर्मीमाथि इजरायलले हवाई हमला गरेर अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको बताउनु भएको छ । उहाँले इजरायली सेनासँग समन्वय गरिए पनि इजरायली आक्रमण आफूहरुमाथि लक्षित रहेको जनाउनु भएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले डब्लुसीकेमाथि भएको हमला जानाजान नभएको दाबी गर्नु भएको छ । प्रधानमन्त्री नेतान्याहुले उक्त घटनाप्रति क्षमा समेत नमागेको बताइएको छ । यद्यपी उहाँले घटनाको अनुसन्धान गरिने बताउनु भएको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि इजरायली प्रधानमन्त्रीलाई टेलिफोन गरी उक्त घटनाप्रति रोश प्रकट गर्नु भएको छ । बेलायतले इजरायली राजदूतलाई डाकेर उक्त घटनाको पूर्ण जिम्मेवारी लिन माग गरेको छ ।

पोल्यान्डले भने उक्त घटनामा मारिएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन इजरायलसमक्ष आग्रह गरेको छ । उक्त घटनामा मारिएका सहायताकर्मीको शव दक्षिण गाजा सीमाबाट बुधबार आ–आफ्ना मुलुकतर्फ लैजाने प्रबन्ध मिलाइएको छ ।

यसैबीच, इजरायलले गाजामा जारी राखेको सैनिक कार्यबाहीका क्रममा बुधबार राति कम्तीमा ६० जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group