ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण, बिजुली कमी हुनसक्ने चिन्ता


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   ८ : ३७   बजे

काठमाडौं, ३० चैत । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ ।विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का पावर प्लान्टमा रुसले मिसाइल आक्रमण गरेको हो । आक्रमणबाट पावर प्लान्टमा आगो लागेको र बिजुली उत्पादन बन्द भएको बीबीसीले जनाएको छ ।

रुसले पछिल्लो पटक युक्रेनका बिजुली, रेलवे लाइन, पुल सहित पाँच क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । यही अभियान अन्तर्गत ट्रिपिलिस्का पावर प्लान्टमा आक्रमण भएको हो ।युक्रेनको राजधानीबाट करिब ४५ किलोमिटर दक्षिणमा रहेको ट्रिपिलिस्का पावर प्लान्ट बिजुली संयन्त्रको एक महत्वपूर्ण हिस्सा थियो । यसबाट युक्रेनलाई ठूलो झड्का लागेको बताइएको छ ।

यो युक्रेनको कूल बिजुली उत्पादन क्षमताको करिब १० प्रतिशत हिस्सा थियो । यहाँ उत्पादित बिजुली कियभसहित तीन प्रदेशमा आपूर्ति हुने गर्दछ । यो ध्वस्त भएपछि देशमा बिजुली कमी हुन सक्ने अनुमान गरिएको छ ।रुसले मिसाइल र ड्रोन प्रयोग गरी युक्रेनमा आक्रमण जारी राखेको छ । युक्रेनको जापोरिज्जा परमाणु ऊर्जा संयन्त्रमा पनि आक्रमण भएको थियो । यो युरोपको सबैभन्दा ठूलो परमाणु संयन्त्रमध्येको एक थियो । ड्रोन हमलाबाट यहाँ विष्फोट भएको थियो ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी ९आईएईए०ले भने संयन्त्रको सुरक्षामा तत्काल कुनै खतरा नरहेको जनाएको थियो । तर संयन्त्रको स्थिति अत्यन्तै गम्भीर बनेको चेतावनी उसले दिएको थियो । दुई दिन लगातार त्यहीँ आक्रमण हुँदा यदि क्षति भएको भए त्यसले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu