ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनका शीर्ष विधायकको उत्तर कोरियाका वरिष्ठ अधिकारीसँग भेट


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   १ : १५   बजे

काठमाडौं ३० चैत । चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि उत्तर कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको उत्तर कोरियाली राज्य मिडियाले शुक्रबार बताएको छ । उक्त भेट वर्षौंमा दुई सहयोगीबिच सबैभन्दा उच्चस्तरीय भेटमध्येको एक थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा बेइजिङका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजी दुई मुलुकबिचको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवका अवसरमा आणविक हतियार सम्पन्न उत्तर कोरियाको सद्भावना भ्रमणमा हुनुहुन्छ ।

चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक हितैषी र कूटनीतिक सहयोगी हो । उत्तर कोरियाली नेता किम जोङ उनको बढ्दो हतियार परीक्षणको जवाफमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा उहाँको शासनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी नेतृत्वको प्रयासलाई रुससँग मिलेर चीनले अवरोध पु र्‍य ाइरहेको छ ।

झाओले बिहीबार उत्तर कोरियाली राजधानी पुगेर आफ्ना समकक्षी चोए र्योङसँग भेट गर्नुभएको केसिएनएले बताएको छ । भेटमा उहाँले ‘राजनीति, अर्थतन्त्र र संस्कृतिलगायत सबै क्षेत्रमा आदानप्रदान र सहयोग’ बारे छलफल गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “छलफलका क्रममा आपसी चिन्ताका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाबारे विचार आदानप्रदान भयो ।”

राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि कियाङपछि झाओ चीनको तेस्रो उच्चपदस्थ अधिकारी हुनुहुन्छ । राष्ट्रपति सीले अन्तिमपटक उत्तर कोरियाली नेता किमसँग सन् २०१९ मा कोभिड–१९ महामारी सुरु हुनुअघि भेट गर्नुभएको थियो । यसबाट झाओ र चोएबीच प्योङयाङको बैठक धेरै वर्षमा सबैभन्दा उच्चस्तरीय बैठकमध्ये एक भएको छ ।

झाओको भ्रमणमा किमको बेइजिङको आगामी सम्भावित राजकीय भ्रमणको योजना समावेश हुनसक्ने दक्षिण कोरियाली स्थानीय सञ्चारमाध्यममा बताइएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै अधिकारीले ‘कोरियाली प्रायद्वीपको अवस्था’ बारे चर्चा गर्नुभयो र झाओले ‘विधायक आदानप्रदान तथा सहयोगलाई गति दिने’ बेइजिङको इच्छा व्यक्त गर्नुभयो ।

“चोए र झाओले ‘चीन र उत्तर कोरियाबीच कूटनीतिक भिसाको आपसी छुट, क्लासिक कार्यहरूको आपसी अनुवाद र प्रकाशन, भन्सार र क्वारेन्टाइन, रेडियो र टेलिभिज तथा हुलाक एक्सप्रेस डेलिभरी’ का क्षेत्रमा ‘सान्दर्भिक सहयोग दस्तावेजहरूमा’ हस्ताक्षर गर्नुभयो”, सिन्ह्वाले भनेको छ ।

किमले दक्षिण कोरियाप्रति आफ्नो आक्रामक बयानबाजी बढाउँदै बेइजिङसँगको सम्बन्धलाई बलियो बनाउने प्रयास गर्नुभएको छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu