ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्रमा क्रमिक सुधार हुने प्रक्षेपण


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   १ : १८   बजे

काठमाडौं ३० चैत । नेपालको अर्थतन्त्रमा क्रमिक रूपमा सुधार आउने एसियाली विकास बैङ्क ९एडिबी० ले जनाएको छ ।

एडिबीले बिहीबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ ले चालु आर्थिक वर्ष २०८०र८१ मा नेपाली अर्थतन्त्रले बजार मूल्यमा ३।६ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो । जुन गत आवको १।९ प्रतिशतको वृद्धिदरको तुलनामा केही बढी रहेको उल्लेख गरिएको छ ।

मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले बताउनुभयो । “यसका अतिरिक्त सरकारले आवको पछिल्लो छ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आव २०८०र८१ को अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई उद्योगको वृद्धि हुँदै जाने प्रक्षेपण गरिएको छ,” उहाँले भन्नुभयो ।

आउटलुकका अनुसार कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले तथा सेवा क्षेत्रको वृद्धिले पनि गति लिने छ । धान उत्पादनमा वृद्धि भए पनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा गत आवको २।७ प्रतिशतको तुलनामा २।८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने उल्लेख गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फीति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फीति घट्ने एडिबीको प्रक्षेपण छ । यस्तो मुद्रास्फीति गत आवको ७।७ प्रतिशतको तुलनामा चालु आवमा ६।५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ ।

मुलुकको बाह्य क्षेत्र जोखिम भने नियन्त्रणभित्रै रहेको देखाइएको छ । आवको पहिलो छ महिनामा बचतमा रहे पनि चालु खाता पुनः घाटामा जान सक्ने सम्भावना आउटलुकले देखाएको छ । अघिल्लो आवको पहिलो छ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा ४।७ प्रतिशतले घटेको र विप्रेषण आप्रवाह २२।६ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

चालु खाता बचत एक अर्ब २० करोड अमेरिकी डलर पुगे पनि चालु आवको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले चालु आवमा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ०।७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । “विश्व अर्थतन्त्रमा देखा पर्न सक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई चालु आवको आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,” एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भन्नुभयो ।

यसबाहेक गहिरिँदो भूराजनीतिक हलचलले आपूर्ति शृङ्खलामा हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्नेतर्फ एडिबीले सचेत गराएको छ ।

यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्न सक्ने प्रक्षेपण पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group