काठमाडौं ३ बैशाख । अमेरिकाले इजरायललाई इरानविरुद्ध बदला लिन साथ नदिने भएको छ। बीबीसीका अनुसार ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले इरानविरुद्ध आक्रमणका लागि अमेरिकाले समर्थन नगर्ने बताएका हुन्।
गत शनिबार राति इरानले इजरायलविरुद्ध ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो। यही अप्रिल १ मा सिरियास्थित इरानी दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा उक्त हमला गरेको इरानको भनाइ छ।
तर इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले बीचमै खसालेका थिए।
अमेरिकी अधिकारीका अनुसार यस हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको जवाफ दिन नहुने बताएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति बाइडेनले नेतान्याहुलाई ‘धेरै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न’ भनेका छन्।
प्रतिक्रिया दिनुहोस्