ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिका छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत


admin
८ श्रावण २०७४, आइतबार   १२ : ५२   बजे

वासिङ्टन, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ ।

अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्न सघाएको आरोप लगाउँदै आएको छ । त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोराले एकजना रुसी वकिलसँग बारम्बार कुराकानी गरेको सार्वजनिक भएको थियो ।

तर राष्ट्रपति ट्रम्पले भने उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भएपनि गत हप्तामात्र सो विषय सार्वजनिक भएको थियो । उक्त कुराकानीको खुलासा पनि गतहप्ता नै भएको थियो ।

राष्ट्रपतिका जेठा छोराले आफूले गरेको कुराकानी, इमेल र भेटसम्बन्धी समाचार स्वीकार गरेका छन् । उनले यस विषयमा आफू स्पष्ट रहेको र राष्ट्रपतिमा आफ्नो बुबालाई विजयी गराउनका लागि आफूले कुराकानी गरेको हो भनेका छन् ।

तर त्यस समयमा आफूले उक्त कुराकानीको बारेमा भने आफ्नो बुबालाई जानकारी नदिएको पनि उनले जनाएका छन् । यसै बिषयमा थप बुझ्न भन्दै अमेरिकी सिनेट कमिटीले उनलाई र सो निर्वाचनको समयमा ट्रम्पका प्रमुख निर्वाचन अभियन्तालाई कमिटीमा बोलाएको छ ।

उनको सो कुराकानीका बारेमा ‘पोलिटिको कन्सल्ट’ नामक एक संस्थाले सो गरेको सर्वेक्षणमा संलग्न मध्येका अधिकांशले उक्त कार्य गलत भएको प्रतिक्रिया दिएका हुन् ।

उक्त सर्वेक्षणमा संलग्न अमेरिकी नागरिकमध्येका ५२ प्रतिशतले सो कार्य गलत भएको बताएका छन् । त्यसैगरी अर्वेक्षणमा संलग्न मध्येका २३ प्रतिशतले मात्र उक्त कार्यलाई सही भनेका छन् ।

त्यस्तै उक्त सर्वेक्षणमा संलग्न मध्येका २५ प्रतिशतले आपूmहरुले सो विषयमा कुनै टिप्पणी नै नगर्ने भनी प्रतिक्रिया दिएका थिए । यस विषयमा रिपब्लिकन पार्टीका सदस्यहरुलाई बढी असर गरेको देखिएको छ ।

रिपब्लिकन पार्टीका सदस्यहरुमध्ये ४४ प्रतिशतले रुसी वकिलसँग गरेको सो कुराकानी कुनै ठूलो मुद्धा नभएको भनी सहज प्रतिक्रिया दिएका बताइएको छ । उनीहरुले यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सो समाचारपछि फेरि अमेरिकामा अर्काे काण्ड पनि सार्वजनिक भएको छ । यसै महिनामा जर्मनीको ह्याम्बर्गमा भएको जि२० को सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लै र गोप्य तवरबाट भेट गरेको भनी अर्काे काण्ड पनि हालै सार्वजनिक भएको थियो ।

ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उहाँबीचमात्र तर छोटोवार्ता भएको बताएको छ ।

तर अमेरिकी पत्रिकाले सो भेटमा अरु कोही नभई एकजना दोभासेमात्र राखिएको र एक घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभासे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

ह्यामबर्गको जी–२० बैठकका समयमा राष्ट्रप्रमुखको निजी रात्रिभोजका बेला दोश्रो बैठक भएको समाचार बाहिर आएपछि निकै विवाद ल्याएको छ । सो भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रुसी राष्ट्रपतिसँग आफ्ना दोभाषे रहेका पत्रिकाले जनाएका थिए ।

राष्ट्रपति ट्रम्पले पनि यस वार्ता मिडियामा आएजस्तो गम्भीर प्रकृतिको नभएर सामान्य र खाना खानेबेलामा गरिएको सामान्य कुराकानी हो भन्नुभएको छ ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group