ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी सम्मेलन हतारमा भयो, कानुनी सुधार भइसकेको छैन: युवराज खतिवडा


एबीसी न्यूज
१४ बैशाख २०८१, शुक्रबार   ७ : ४४   बजे

काठमाडौं, १४ वैशाख ।पूर्व अर्थमन्त्री युवराज खतिवडाले तेस्रो लगानी सम्मेलन हतारमा गरिन थालेको बताएका छन्। राजधानीमा गरिएको एक छलफल कार्यक्रममा खतिवडाले कानुन बनाउने समय राखेर असोजमा लगानी सम्मेलन गर्नु पर्नेमा कानुनी सुधारको काम नसकी लगानी सम्मेलन राखिएको बताएका हुन्।सरकारले ऐन संशोधन गर्न अध्यादेश लिए पनि अन्तत संसदबाट नै ऐन पारित गर्नुपर्ने भएकोले प्रक्रिया मात्रै भएको बताए। ऐनसँग जोडिएका नियमावलीहरू पनि आउन ढिलाइ हुने कारणले पनि कानुनी सुधारले पूर्णता नपाएको उनको भनाइ छ। त्यस्तै अध्यादेशमा आए बाहेकका धेरै कानुनहरू सुधार गर्नुपर्ने आवश्यकता रहेको खतिवडाले बताए।उनले ठूला परियोजना र लगानीको आवश्यकता पूर्ति गर्नको लागि वैदेशिक लगानी आवश्यक रहेको बताए।

निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्नको लागि धेरै सम्भावना रहेको उनको भनाइ छ। पूवार्धार नबन्नु नै लगानी ल्याउने बाधक होइन, त्यही पूर्वधारमा लगानी गर्ने सम्भावना हुन्छ, पहिले बत्तिनै छैन कसरी लगानीकर्ता आउँछन् भनिन्थ्यो, पछि ऊर्जा क्षेत्रमा लगानी आयो, बाटो औद्योगिक पार्क लगानीकर्ताको लागि लगानीको सम्भावना पनि हुन्, खतिवडाले भने।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले लगानी सम्मेलन जस्ता कार्यले लगानीको वातावरण बनाउन सहयोग पुग्ने बताए। उनले सम्मेलनको तयारी गर्ने क्रममा धेरै कानुनहरूको संशोधन गरिएको, निजी क्षेत्रसँग छलफल गरिएको, लगानीका बाधाका विषयमा बहस गरिएको जस्ता कुराले लगानी सहजीकरणमा सहयोग पुग्ने बताए।

सरकारले आफ्नो चाहनाका परियोजनाहरू सम्मेलनमा सोकेस गरेको बताउँदै लगानीकर्ताको चाहना पनि यी परियोजनामा परे लगानी जुटाउन सहयोग पुग्ने बताए। लगानीको वातावरण बनाउनको लागि पनि यस्ता किसिमका सम्मेलनहरू आवश्यक हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group