ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनी सेना प्रमुखले भने- हाम्रो लडाइँको मोर्चा खराब भएको छ


एबीसी न्यूज
१७ बैशाख २०८१, सोमबार   १ : ३१   बजे

काठमाडौं १७ बैशाख । युक्रेनका सेना प्रमुखले रुससँगको लडाइँको मोर्चा निकै खराब भएकाले आफूहरु पछि हट्नु परेको बताएका छन् ।

युक्रेनी सेना प्रमुख जनरल ओलेकजेण्डर सिरिस्कीले पूर्वतर्फको लडाइँको मोर्चाबाट युक्रेनी सेना पछि हटेको बताएका हुन् ।

टेलिग्राममा एक पोष्ट गर्दै उनले भनेका छन्, ‘मोर्चाको हालत निकै खराब भएकाले युक्रेनी सेना पूर्वी दोनेत्स्क क्षेत्रबाट पछि हट्नु परेको छ ।’

युक्रेनलाई अमेरिकाबाट सैन्य सहयोग मिल्नुभन्दा अगाडि नै रुसले त्यसको फाइदा उठाउँदै आक्रमण तीव्र पारेको छ । रुसी सेनाले दाबी आइतबार पूर्वी दोनेत्स्क क्षेत्रको ओचेरेताइने नजिकको एक बस्ती कब्जा गरिसकेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकी संसदले गत हप्तामात्रै युक्रेनलाई ६१ अर्ब डलर बराबरको सैन्य सहयोग दिने प्रस्तावलाई पारित गरेको थियो । उक्त सहयोगमा युक्रेनी सेनाका लागि अत्याधुनिक हातहतियार, गोलाबारुद, प्रतिरक्षा प्रणाली लगायत छन् ।

अमेरिकी हतियार युक्रेनसम्म पुग्नुअघि नै रुसले पूर्वी क्षेत्रमा आफ्ना फौज पूर्वी क्षेत्रमा केन्द्रित गरी आक्रमण जारी राखेको छ । युक्रेनी सेना प्रमुख ओलेकजेण्डर सिरिस्कीका अनुसार युक्रेनी सेनाका लागि सबैभन्दा कठिन अवस्था मौरिन्काको पश्चिम र अवदिब्काको उत्तर पश्चिम क्षेत्रमा छ । अबदिब्कामाथि रुसका सैन्य बलले गत फेब्रुअरी महिनामै कब्जा गरिसकेका थिए । युक्रेनका सेना प्रमुखले रुस केही स्थानमा रणनीतिक हिसाबले अघि बढेको बताएका छन् । तर रुस सफल नहुने उनको जिकीर छ ।

युक्रेनले अब आराम गरिरहेका सेनाका ब्रिगेडलाई फेरि युद्धको मोर्चामा पठाउने र अहिले लडिरहेकाहरुलाई पछि हटाउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group