काठमाडौं, १० फागुन । सोसल मिडियाबाट आज लाखौ करोडौं व्यक्ति जोडिएका छन् । सोसल साईटमा कुन विषयले चर्चा पाउँछ र को व्यक्ति आर्कषणको विषय बन्छन् भन्ने ठम्याउन गाह्रो छ । क्षणभरमा फोटो, भिडियो, अडियो पोष्ट गरेर वा अन्य कुनै कारणले सामान्य व्यक्तिहरु स्टार बनेको थुप्रै उदारण छ । यहाँ यस्तै सोसल मिडिया को कारणले क्षणभरमा सेलिब्रेटी बनेका व्यक्तिलाई सूचिकृत गरिएको छ :
1. तरकारीबाली : कुसुम श्रेष्ठ
सन् २०१६ नोभेम्बरमा तरकालीबालीको नामबाट कुसुम श्रेष्ठको यो फोटो सोसल मिडियामा भाईरल भएको थियो । नेपालमा उनको यो तस्बिर सबैभन्दा बढी सेयर भएको थियो । उनको तस्बिर आउने बित्तिकै ट्वीटरमा #Tarkariwali ट्रेन्ड हुन थालेको थियो ।
2. प्रिया प्रकाश
भारतिय नायिका प्रिया प्रकाशको फिल्मको भिडियोले अहिले जमेर भारतिय सोसल साईटमा ठाँउ ओगटेको छ । मलयालम फिल्म ओरु ओदार लभ बाट डेब्यु गर्न लागेकी १८ वर्षिय प्रकाशले फिल्मको एउटा गितमा आँखाको ईसराले आफ्नो प्रेमिसंग कुरा गरेको दृश्य छ । यहि दृश्य अहिले चर्चाको विषय बनेको छ ।
3. अशरद खान
सन् २०१६ अक्टोबरमा पाकिस्तानका अशरद खानको यो चिया बेचेको तस्बिर भाईरल बनेको थियो । इस्लामाबादको पेशावार बजारमा चियाको पसलमा काम गर्थे । उनको तस्बिर भाईरल भएपछि उनलाई मोडलिङको अफर पनि गरिएको थियो ।
4. ढिंचेक पुजा
ढिंचेक पुजाले गाएको सेल्फी मे नें ले ली गित भारतिय सोसल मिडियामा भाईरल बनेको थियो । उनको यो गित सुरको कारणले नभई बेसुरको कारणले चर्चा पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्