ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित


एबीसी न्यूज
११ फाल्गुन २०७४, शुक्रबार   ९ : ४२   बजे

जितपुर, कपिलवस्तु, ११ फागुन ।  नेपाल–भारतको सीमानाकामा पर्ने यहाँको दशगजास्थित कृष्णनगर क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा बजारनै प्रदूषित बन्न थालेको छ ।

दुवै देशको सीमामा रहेको दशगजा खुल्ला भएपछि यहाँका व्यवसायी र स्थानीयले सोही क्षेत्रमा दिनहुँ फोहर फाल्ने र त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा यहाँको बजारनै दुर्गन्धित हुन पुगेको हो । यसले गर्दा दुवै देशका नागरिक फोहरबाट निस्कने दुर्गन्धले प्रभावित बन्दै आएका छन् भने फोहरको डम्पिङले गर्दा बजार नै प्रदूषित बनेको छ ।

दशगजामा दुवै देशका नागरिकबाट फोहर फाल्ने काम हुँदै आएको कृष्णनगर नगर विकास समितिका अध्यक्ष कृष्णकुमार गुप्ताले बताउनुभयो । सीमामा दुवै देशका व्यापारी र स्थानीयले फोहर फाल्दै आए पनि फोहर व्यवस्थापन गर्न कतैबाट पनि पहल नभएको अध्यक्ष गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा दुवै देशका सरकारी निकायको चासो कम छ । एकले अर्काले गर्छ कि भनी मुख ताकेजस्तो देखिन्छ, यसले गर्दा बजार नै प्रदूषित भएको छ ।”

फोहर व्यवस्थापनमा भारतीय पक्षले पनि चासो देखाउने गरेको छैन । नेपाली पक्षबाट पटक–पटक फोहर व्यवस्थापन गर्न कोसिस गरे पनि भारतीय पक्षले चासो नदेखाउँदा फोहर व्यवस्थापन गर्न नसकिएको कृष्णनगरवासी सीताराम गुप्ताले गुनासो गर्नुभयो । दशगजामा भएको फोहर दुर्गन्धले तेस्रो मुलुक हुँदै नेपाल आउने र भारत जाने पर्यटकलाई समेत नकारात्मक असर परेको स्थानीय समाजसेवीले बताउने गरेका छन् ।

दैनिक सयौँको संख्याका यहाँको सीमामा पर्ने भारतीय बजारमा बजार भर्न आउने नेपालीले दुर्गन्धका कारण नाकमुख थुनेर सीमा वारपार गर्ने गरेका छन् । नजिकको वातावरण प्रदूषित हुँदा व्यापार समेत कम हुने गरेको दुवै देशका व्यापारी बताउने गर्छन् ।

फोहर फाल्ने उचित ठाउँ नहुँदा दशगजामा फोहर फाल्दै आएका छौँ, त्यसले हामी आफँैलाई असर पु¥याएको छ, एक भारतीय व्यापारीले गुनासो गरे । दैनिक उपभोग्य सामग्री नेपालमा भन्दा केही सस्तोमा पाइने हुँदा भलवाड, बनगाई, पिपरा, गोरुसिङे, पत्थरकोटलगायतका जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दा कृष्णनगर पारि भारतीय क्षेत्रमा बजार गर्न जाने गरेका छन् ।

सीमापारि भारतीय बजारमा मास्क लगाएर सामग्री किन्दै गरेकी भलवाडकी लक्ष्मी घिमिरेले भन्नुभयो,– “नेपालमा भन्दा केही सस्तो पाइन्छ भनेर यहाँ आयो, दुर्गन्धले गर्दा कति बेला यहाँबाट निस्किउँ भन्ने भा’छ ।” फोहर व्यवस्थापन गर्नसके यहाँ आउनेलाई निकै सहज हुने थियो, उहाँले भन्नुभयो ।

वार्षिक अर्बौं राजश्व संकलन हुने यस सीमा क्षेत्रबाट दैनिक सयौँ सवारीसाधन र दैनिक हजारौँ नागरिक नेपाल भारत आवातजावत गर्दै आएका छन् । भारतको नयाँदिल्ली पुग्न यही नाकाबाट नजिक पर्ने भएकाले दाङ, रोल्पा, प्यूठान, रुकुम, अर्घाखाँची, गुल्मीसम्मका नागरिक रोजगारीका लागि यही नाकाको प्रयोग गरी भारत जाने गरेका छन् ।

बुद्धस्थलको भ्रमणमा नेपाल आउने कतिपय पर्यटकले यही नाकाको प्रयोग गर्दै आएका छन् तर कृष्णनगर बजार क्षेत्रमा रहेको धुलो र फोहरको दुर्गन्धले गर्दा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्दै आएको छ ।

दुवै देशको लापर्बाहीले बजारकै गरिमालाई धमिल्याउने काम गरेको मानवअधिकारकर्मी लक्ष्मण भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशको सीमा निकै मनमोहक देखिनुपर्ने हो, तर दुःखको कुरा दशगजाजस्तो सार्वजनिकस्थल फोहरको डम्पिङ साइट बनेको छ ।”

फोहरकै कारण यहाँका सर्वसाधारणलाई बेलाबेला, झाडापखाला, हैजाको महामारी हुने गरेको मानवअधिकारकर्मी भुसालको भनाइ छ । फोहर व्यवस्थापन गर्न जिम्मेवार निकायबाट पटकपटक आग्रह गरेपनि दुवै देशका सरकारी अधिकारी चुपचाप बस्ने गरेको उहाँले बताउनुभयो ।

सीमा क्षेत्रको बजार भएका कारण दैनिक सयौँ मेट्रिक टन फोहर संकलन हुने गर्दछ । तर फोहर व्यवस्थापन गर्ने योजना अझै बनिसकेको छैन । कृष्णनगर बजारभित्रको फोहर व्यवस्थापनका लागि कृष्णनगर नगरपालिकाले डम्पिङ साइट अझै बनाइसकेको छैन । कृष्णनगर नगरपालिकाले जथाभावीरुपमा फोहर फाल्ने गरेकोप्रति सरोकारवालाले बेलाबेला कुरा उठाउँदै आएका छन् ।

उता भारतीय पक्षले नेपालमाथि जतिसक्यो त्यति हेपाइ प्रवृत्ति गर्ने गरेको पाइन्छ । फोहर व्यवस्थापनमा भारतीय पक्षले कुनै कदम नचालेको नेपालस्थित सरकारी अधिकारीको आरोप छ । यद्यपि नेपालका सरकारी निकायले पनि फोहर व्यवस्थापनमा कुनै चासो दिएका छैनन् ।

कृष्णनगर बजारभित्र कृष्णनगर भन्सार, आन्तरिक राजश्व कार्यालय, कृष्णनगर नगरपालिका, कृषि विकास बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका सरकारी निकाय छन् । तर उनीहरुबाट कुनै जनचेतनाका कार्यक्रम हुन सकेका छैनन् ।

नागरिक स्तरबाट बजार सफासुग्घर राख्नुपर्छ भन्ने चेतना नभएका कारण कृष्णनगर फोहरी बजारमा परिणत हुन थालेको नागरिक अगुवा गोपाल प्यार चण्डेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Faces Loss of Indigenous Seeds as Farmers Favor Hybrid Crops

Missile Strikes Escalate Conflict as Civilian Toll Mounts in Ukraine and Russia

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

किशनगढको ‘सेतो मरुभूमि’ : सङ्गमरमरको फोहोर पर्यटकीय गन्तव्य बन्दै

भदौ २ मा बझाङमा भारी वर्षा, थलरामा ९८.८ मिलिमिटर पानी

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu