ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५५ लाख लागतमा तटबन्ध निर्माण शुरु


admin
११ फाल्गुन २०७४, शुक्रबार   २ : ५४   बजे

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा रु ५५ लाख नौ हजार ८२८ को लागतमा तीन हजार एक सय मिटर जैविक तटबन्ध निर्माणको कार्य शुरु गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको समन्वयमा मर्सिकोरको सहयोगमा सञ्चालित एमरेड परियोजना अन्तर्गत विपद्को उच्च जोखिममा रहेका समुदायलाई सुरक्षा प्रदान गर्न तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको हो ।

विपद् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिका–२ र ३ को कार्यालयसँग सहकार्य गरी सुनवरा र -यालि नदीमा ८५० मिटर जैविक तटबन्धन निर्माणका लागि कुल रु नौ लाख १० हजार ४६३ को सम्झौता भएको परियोजना अधिकृत महेश घिमिरेले बताउनुभयो ।

तटबन्धन निर्माणका लागि शुक्लाफाँटा वडा कार्यालय २ र ३ बाट रु पाँच लाख, परियोजनाबाट रु दुई लाख २४ हजार ६०५ र समुदायको श्रमदानमा रु एक लाख ६५ हजार ८५८ बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

यसैगरी, रु १४ लाख ४३ हजार पाँच सय ६९ को लागतमा सोही नगरपालिका– १२ दुवहामा एक हजार मिटर जैविक तटबन्धन निर्माण हुने सम्झौता भएको अधिकृत घिमिरेले बताउनुभयो । उक्त बजेटमध्ये नगरपालिकाको वडा कार्यालयबाट रु दश लाख, परियोजनाबाट रु दुई लाख २२ हजार नौ सय ७४ र समुदायको श्रमदानबाट रु दुई लाख ४० हजार ५९४ विनियोजन भएको छ ।

त्यस्तै, रु चार लाख ८८ हजारको लागतमा कृष्णपुर नगरपालिकामा तीन सय मिटर जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको छ । उक्त तटबन्ध निर्माणका लागि परियोजनाबाट रु ९४ हजार ३९४ नगरपालिकाबाट रु एक लाख ९९ हजार ९२० र समुदायको श्रमदानबाट रु एक लाख छ हजार ५६८ खर्च हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu