ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि अर्थतन्त्र ओरालोतर्फ : उपराष्ट्रपति पुन


admin
११ फाल्गुन २०७४, शुक्रबार   ३ : ५०   बजे

काठमाडौँ, ११ फागुन । हिमाली जिल्लाका कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि भृकुटीमण्डपमा तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन–२०७४ शुरु भएको छ ।

पशुपक्षी विकास मन्त्रालय र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले शुरु गरेको सो प्रदर्शनीको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ।

प्रदर्शनीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन भएका चिज, छुर्पी, राडीपाखी, तरकारी बीउ, केशर, तोरा जुस, कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली चिया, सिलाजित, सिमी, स्याउको चाना, ओखर, चिराइतो, अलैँचीलगायत बिक्रीमा राखिएका छन् ।

हिमाली वस्तुको उपयोगमा वृद्धि एवं व्यवसायमा लगानी बढोत्तरी गर्ने अभिप्रायले शुरु गरिएको प्रदर्शनीमा ७८ बिक्री कक्ष छन् । गतवर्ष प्रदर्शनीमा रु दुई करोड ५० लाखको कारोबार भएको थियो भने यसवर्ष रु चार करोडको कारोबार हुने अपेक्षा आयोजकको छ । उच्च पहाडी १० जिल्लाका नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सन् २०११ देखि शुरु भएको उक्त हिमाली आयोजना सन् २०१८ सम्म सञ्चालन हुनेछ ।

आयोजना सञ्चालनका लागि एशियाली विकास बैंकको दुई करोड डलर सहयोग प्राप्त छ भने आयोजनाको कूल लगानी तीन करोड डलर छ । सन् २०१८ सम्म एशियाली विकास बैंकको ६६ प्रतिशत, नेपाल सरकारको १५ प्रतिशत र आयोजनमा सहभागी हुने व्यवसायीको १९ प्रतिशत लगानी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कृषि अर्थतन्त्र ओरालो लागेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले ६७ प्रतिशत जनता कृषिमा आत्मनिर्भर भए पनि आयात प्रतिस्थापन नहुनुले कृषिमा परनिर्भरता बढ्दै गएको बताउनुभयो ।

कार्यक्रम पशुपक्षी विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group