ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईलेक्ट्रोनिक पसलमा बैंक : अवैधानिक ४ करोड २५ लाख रुपैयाँ बरामद


एबीसी न्यूज
११ फाल्गुन २०७४, शुक्रबार   ६ : १०   बजे

काठमाडौं, ११ फागुन ।  नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तिय कारोबार गर्ने अनुमति नलिई सुनसरी र मोरङमा सञ्चालित  थप ३ कम्पनीमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महानराजगंज काठमाडौं र १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान टोलीले बिहीबार संयुक्त कार्वाहीमा छापा मारी थप १ जना संचालकलाई पक्राउ गरेको छ ।

छापा मारिएका कम्पनीमध्ये गृहलक्ष्मी ईलेक्ट्रोनिक सप्लायर्स, ईटहरी–१२ खनार, सुनसरीका संचालक बाबुराम न्यौपाने हाल फरार रहेका छन् । उक्र सप्लायर्समा स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम ४ करोड २५ लाख रुपैयाँ रहेको खुल्न आएको छ । सो संस्थाबाट पासबुक १ हजार ४ सय ४७ थान, नगद जम्मा भौचर ४५ थान, बचत रजिष्ट्रर १३ थान, ऋण रजिष्ट्रर ८ थान, तमसुक कागज २ थान, स्टायाम्प १ थान र नगद ८९ हजार २ सय रुपैयाँ बरामद भएको छ ।

यसैगरी मोरङ विराटनगर–६ स्थित न्यू आभाष फेन्सी स्टोरबाट मोरङ विराटनगर महानगरपालिका–६ बस्ने  ३८ वर्षीय सिताराम लुइटेल पक्राउ परेका छन् । उक्र स्टोरमा स्थानीयबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम २ करोड ८६ लाख ८ सय २५ रहेको खुल्न आएको छ । उक्त स्टोरबाट एकाउन्ट खाता २ थान, चेकबुक २ थान, तमसुक ५ थान, नगद फाराम १० थान, पासबुकहरु र नगद १० हजार रुपैयाँ बरामद भएको छ ।

यसैगरी उक्त कार्यमा संलग्न पूर्णागरी बचत इन्भेष्टमेन्ट प्रालि ईटहरी, सुनसरीका संचालक नरबहादुर विष्ट हाल फरार रहेका छन् । उक्त संस्थामा स्थानीयबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम १ करोड २० लाख रुपैयाँ रहेको खुल्न आएको छ । सो संस्थाबाट पासबुक ४ सय ४३ थान, नगद भौचर १ सय ७ थान, भुक्तानी भर्पाई ५ थान, सापटी फाराम १४ थान, करारनामा पत्र १२ थान र कलेक्सन फाराम ४ सय ५९ थान बरामद भएको छ ।  उक्त घटनाका सम्बन्धमा बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०३७ को बर्खिलाप गरेको कसुर अपराधमा अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu