कञ्चनपुर, १२ फागुन। प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले महाकालीअञ्चल अस्पतालमा चाँडै दक्ष जनशक्तिको व्यवस्था मिलाइने बताउनुभएको छ ।
आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालमा हात्तीपाइले (फाइलेरिया) रोग निवारण अभियान २०७४ को शुभारम्भ गर्नुहुदै उहाँले लामो समयदेखि चिकित्सकको अभाव खेप्दै आएको अस्पतालमा चिकित्सकको व्यवस्था मिलाइने बताउनुभयो ।
अस्पतालको भौतिक पूर्वाधार विकासको कार्यसमेत अगाडि बढाउन तत्पर रहेको उहाँले बताउनुभयो । अस्पतालमा चिकित्सकको अभाव हँुदा सामान्य बिरामीले समेत उपचार गराउन भारत तर्फ जानुपर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्