ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक पर्यटकीय क्षेत्र मुडकामा आज मेला


admin
१३ फाल्गुन २०७४, आइतबार   ४ : २४   बजे

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मुडकामा आज मेला लागेको छ ।

प्रतिवर्ष यहाँ फागुन शुक्लपक्षको दशमी तिथिका दिन मेला लाग्ने गर्छ । मेला भर्न डडेल्धुरा, कैलाली, कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी मुडका बाबाको दर्शनका लागि पुगेका छन् ।

बिहानैदेखि मुडका बाबाको ३० हजार भन्दा बढी दर्शनार्थीले दर्शन गरी प्रसाद ग्रहण गरेको वैजनाथ सनातन धर्म संरक्षण समितिका अध्यक्ष भरतबहादुर ऐरले बताउनुभयो ।

गएरातिदेखि नै मेलामा व्यापार गर्न छिमेकी जिल्ला कैलाली र निकटवर्ती भारतीय क्षेत्रबाट दर्जनौँ व्यापारीसमेत यहाँ पुगेका छन् । मेलामा रु तीन करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

मुडका क्षेत्रको दर्शन गरेमा इच्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको भीड लाग्ने गर्छ ।

मुडका धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ । मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने कारण यस क्षेत्रको नाम मुडका धाम रहेको स्थानीयवासी बूढापाकाको भनाइ छ ।

समुद्री सतहदेखि झण्डै ३०० मिटर उचाइमा रहेको मुडका क्षेत्र चारैतिर हरियो सालको वनले घेरिएको छ ।

पूर्व–पश्चिम राजमार्गभन्दा झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेको आश्रयस्थल रहिआएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu