ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलेजले मानसिक यातना दिएको कारण बिद्यार्थीले आत्महत्या गरेको भन्दै बिद्यार्थी आन्दोलित


sharan sharan
१३ फाल्गुन २०७४, आइतबार   ५ : १७   बजे

बुटवल, १३ फागुन ।उच्च शिक्षा हासिल गर्न आएका बिद्यार्थीहरुले सृङ्लाबद्ध आत्माहत्या गरिरहंदा बिद्यार्थी कै दोष देखाएर घटना सेलाउने गरेपनि बुटवलको एउटा आत्माहत्याले भने आन्दोलनको स्वरुप लिएको छ । शिक्षकले दिने मानसिक यातनाका कारण बिद्यार्थीहरु आत्माहत्या गर्न बाध्य हुने गरेको भन्दै बिद्यार्थीहरुले मानसिक यातना बिरुद्ध आन्दोलित भएका छन् ।

शिक्षकले अनावश्यक लान्छना लगाएकै कारण बिद्यार्थीले आत्माहत्या गर्न बाध्य बनेको भन्दै बुटवलको अक्सफोर्ड कलेजका विद्यार्थी न्याय माग्दै सडक उत्रिएका छन् । शुक्रबार मध्यान्ह आत्माहत्या गरेका बिद्यार्थी बिक्रम सापकोटाका सहपाठीहरुले शनिबार देखी नै बुटवलमा आन्दोलन सुरु गरेकाछन् । सापकोटाले शुक्रबार दिउंसो घरमै आत्महत्या गरेका थिए ।
अक्सफोर्ड प्रशासनका अनुसार शुक्रबार बिहान कलेज पढ्न आएका विक्रमलाई मदिरा खाएर आएका अर्को साथीसंग ढिलो कलेज आएको भन्दै कलेज प्रशासनले अभिभावकलाई खवर गरिदिएको थियो । स्कुल समयन्दा ढिलो आएको र मदिरा पिएर स्कुल आएको भन्दै अक्सफोर्डका शिक्षक डिल्लीबल्लभ पाण्डेले आईडि कार्ड खोस्नुका साथै कुटपिट समेत गरेको बिद्यार्थीहरुले आरोप लगएका छन् । बिद्यार्थीहरुका अनुसार बिक्रमले त्यस दिन मदिरा सेवन नगरेको र शिक्षकलाई बिश्वास नलागे डक्टरी गर्न समेत आग्रह गरेका थिए । तर शिक्षकले झुटो आरोप लगाउंदै घर खबर गरिदिएको र मानसिक यातना दिएका कारण बिद्यार्थीले आत्माहत्या गरेको बिद्यार्थीहरुको भनाई छ ।
कलेजले विगतमा पनि यस्ता घटना गर्दा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको बताएकाछन् उनीहरुले घटनाको सही अनुसन्धान गर्न प्रशासनसंग माग समेत गरेका छन् ।

शनिबार दिउंसो कलेजको मुल ढोकामा ताला लगाएर प्रदर्शनमा उत्रीएका बिद्यार्थीहरु आईतवार दिनभरी प्रदर्शन गरिरहेका थिए । प्रदर्शनमा सहभागि अक्सफोर्डकै पुर्व बिद्यार्थी पबित्रा श्रीस मगरले कलेजमा महिला शौचालयमा पुरुष आएर गलत क्रियाकलाप गर्ने गरेको समेत आरोप लगाएकी छिन् ।

बिक्रमकै सहपाठीहश्रले पनि बिक्रम जोक्सहरु सुनाउने र हंसाउने खालको भएपनि खराब बानी भएको आफुहरुले महसुस नगरेको बताउंछन् ।

कलेजले भने गलत क्रियाकलाप गरेको आशंकामा विक्रमलाई सामान्य ढंगले सम्झाएको बताएको छ । विद्यालयका प्राचार्य दिनेश भुसालले कलेजमा आएका विद्यार्थी बिहानै ४५ मिनेटसम्म कक्षा कोठामा नआएको र पछि कोठामा आउंदा विक्रसंगैका साथीले मादक पदार्थ सेवक गरी विद्यालयमा आएका कारण कार्यालयमा लगेर हप्काएको बताउंछन् । बिद्यार्थीहरुलाई सुधार्न सामान्य कुटपिट गर्नु संसारभरीको प्रचलन रहेको भुसालको भनाई छ ।

रुपन्देहीको सालझण्डी घर भएका बिक्रम सापकोटा अक्सर्फोड कलेजको ब्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत थिए । विद्यालय प्रशासनले सोधपुछ गरी अभिभावकको जिम्मा लगाएको र विक्रम विहान ११ः४५ बजे स्कुल बसमै घर फर्किएको बताएको छ ।

बिद्यार्थीहरुलाई कुटपिट वा यातना दिएर शिक्षा दिन नसकिने बिषयमा बहस हुने गरिएपनि बिद्यालयहरुमा यातना दिने क्रम भने रोकिएको छैन । आत्महत्याकै अवस्थामा पुग्ने गरि यातना दिइएको हो भने त्यसको जिम्मा स्कुलले लिनै पर्दछ । मदिरा सेवन गरेकै भए पनि त्यस्ता बिद्यार्थीलाई स्कुलबाट निस्कासन गर्ने वा नपढाउने अधिकार सुनिश्चित हुंदा हुंदै सारिरीक वा मानसिक यातना दिने कुरालाई निरुत्साहित गर्न सबै तयार हुनै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group