काठमाण्डौ, १३ फागुन । राष्ट्रिय सभाका मनोनित तीन जान सांसदलाई सपथ ग्रहण नगराउन आज सर्वोच्चले अन्तरीम आदेश दिएको छ ।
मनोनीत सांसदलाई तत्काल शपथ ग्रहण नगर्न/नगराउन आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले फागुन २० गतेका लागि छलफलमा बोलाउँदै तत्कालका लागि शपथ नगर्न/नगराउन आदेश दिएको हो। पूर्ववर्ती देउवा सरकारको सिफारिसबमोजिम राष्ट्रपतिले मनोनीत नगरी ओली सरकारको सिफारिसबमोजिम ३ जनालाई मनोनीत गरिएको थियो। नेपाल सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले फिर्ता गर्न मिल्ने कुरा संविधानमा उल्लेख नभएको र कार्यकारी अधिकार प्रयोग गर्ने संवैधानीक अधिकार नदेखिएकोले सरकारले गरको संवैधानिक अधिकारमा राष्टपतिले अस्वीकार गर्न नमिल्ने देखिएको भन्दै सपथ रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
त्यसरी मनोनीत हुनेमा वरिष्ठ अधिवक्ता एवं पूर्व सभासद रामनारायण बिडारी, पूर्व गभर्नर डा. युवराज खतिवडा र विमला पौडेल राई रहेका छन्। देउवा सरकारले भने गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो।
प्रतिक्रिया दिनुहोस्