ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्सको पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी दलको अग्रता, म्याक्रो तेस्रो स्थानमा


एबीसी न्यूज
१७ असार २०८१, सोमबार   १ : ०३   बजे

काठमाडौं १७ असार । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ । यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्‍याएको छ ।

प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्मानुअल म्याक्रो गुट तहसनहस भएको बताएकी छन् ।

पहिलो चरणको निर्वाचनमा रेलीले ३३।२ प्रतिशत मत पाएको छ । वामपन्थी गठबन्धनले २८।१ प्रतिशत र म्याक्रोको पक्षमा २१ प्रतिशत मात्र मत प्राप्त भएको बीबीसीले जनाएको छ । यसअघि सार्वजनिक चुनावी सर्वेक्षणका नतिजाले पनि मरिन ले पेन नेतृत्वको नेशनल रेलीले सबैभन्दा धेरै सिट जित्ने देखाइएको थियो ।

फ्रान्स जस्तो ‘क्रान्तिकारी देश’ को आधुनिक कालखण्डमा दक्षिणपन्थको यो स्तरको विकासलाई धेरै राजनीतिक विश्लेषकहरू अनपेक्षित मान्छन् ।

नेशनल रेलीले नयाँ प्रधानमन्त्रीको रुपमा २८ वर्षीय जोर्डन बारडेलालाई अघि सारेको छ । बारडेलाले पनि समर्थकहरुलाई सम्बोधन गर्दै फ्रान्सेली जनताको साथ पाए आफू प्रधानमन्त्री बन्ने बताएका छन् । फ्रान्समा आइतबार पहिलो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदान ७ जुलाईमा हुनेछ ।

फ्रान्समा ५७७ सिटको नेशनल एसेम्बलीमा बहुमत हासिल गर्न २८९ सिट चाहिन्छ । फ्रान्सको निर्वाचनमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले पहिलो चरणको निर्वाचन हालसम्म जितेको छैन । यद्यपि दोस्रो चरणको निर्वाचनबाट रेली सबैभन्दा ठूलो दल बन्ने निश्चित जस्तो देखिएको बीबीसीले जनाएको छ । यदि कसैको बहुमत नपाए फ्रान्समा त्रिशंकु सरकार बन्ने सम्भावना हुन्छ ।

फ्रान्समा नेशनल रेलीको प्रभाव बढेमा युरोपेली संघ, आप्रवासी सम्बन्धी नीति र रुस–युक्रेन युद्धलाई हेर्ने नजर लगायतका विषयमा प्रभाव पार्ने भएकाले चुनावको अन्तिम परिणामलाई चासोका साथ हेरिएको छ ।

युरोपेली युनियनको निर्वाचनमा ले पेन नेतृत्वको अति दक्षिणपन्थी दल भनेर चिनिने नेशनल रेलीले म्याक्रोको मध्यमार्गी गठबन्धनलाई परास्त गरेलगत्तै म्याक्रोले निर्वाचन मिति घोषणा गरेका थिए । आफ्नो दोस्रो कार्यकाल पूरा हुन दुई वर्ष बाँकी छँदै राष्ट्रपति म्याक्रोले अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गरेका थिए ।

ले पेन यसअघि दुई पटकसम्म म्याक्रोसँग प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group