ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तजनबीच ‘बाबा’को खुट्टाको धुलो लिन भागदौड मच्चिँदा मर्नेको संख्या १२२ पुग्यो


एबीसी न्यूज
१९ असार २०८१, बुधबार   ११ : ५३   बजे

काठमाडौं १९ असार । भारतस्थित उत्तर प्रदेशको हाथरस जिल्लाको सिकन्दराउ सहरनजिकै सत्संग कार्यक्रममा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ। धेरै मानिस अझै बेपत्ता छन्।

समाचार एजेन्सी पीटीआईले प्रशासनलाई उद्धृत गर्दै १२२ मृतकको सूची जारी गरेको छ।  मृत्यु हुनेमा ठूलो संख्यामा नारायण साकारको सत्संगमा आएका महिला थिए।

 

कार्यक्रम स्थल अलिगढलाई एटाह जोड्ने राष्ट्रिय राजमार्ग ३४ मा रहेको सिकन्दराउ सहरबाट करिब चार किलोमिटर टाढा फुलराई गाउँमा थियो।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि यहाँ आएका भक्तजनहरूबीच बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा भएको थियो र त्यही कारण भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो।

नारायण साकार उत्तर प्रदेश प्रहरीका पूर्व कर्मचारी हुन् र उनको नाम सुरज पाल हो। उनले स्थानीय गुप्तचर एकाइमा १८ वर्ष काम गरे र सन् १९९० मा स्वेच्छिक अवकाश लिए। एटामा तैनाथ भएका बेला स्वेच्छिक अवकाश लिँदै नारायण साकार हरि उर्फ ‘भोले बाबा’का रूपमा काम गर्न थालेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu