ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको राष्ट्रपतिमा सुधारवादी नेता मसुद विजयी


abc tv
२२ असार २०८१, शनिबार   १२ : ३७   बजे

इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन्। उनले कट्टरपन्थी नेता सइद जलिलीलाई हराएका हुन्।

चुनावी नतिजाअनुसार हालसम्म गणना गरिएको तीन करोड मतमध्ये डा। मसुद पेजेस्कियानले ५३।३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ४४।३ प्रतिशत मत प्राप्त गरेका छन्।

जुन २८ तारिखमा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन्। त्यस समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा कम मतदान प्रतिशत ४० प्रतिशत थियो।

त्यसपछि पुनः गरिएको मतदानमा पेजेस्कियान विजयी भएका हुन्।

इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रायसीको गत मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

उनी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कंदै गर्दा हेलिकप्टर दुर्घटना भएको हो।

दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित ९ जनाको मृत्यु भएको थियो।

त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group