ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरो कपको दोस्रो सेमिफाइनल आज, इङ्‌ग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै


एबीसी न्यूज
२६ असार २०८१, बुधबार   १२ : ०३   बजे

काठमाडौं २६ असार । युरो कपको दोस्रो सेमिफाइनलमा आज ९बुधबार० मध्यराति इङ्‌ग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै छन्।

डर्टमुन्डको बीभीबी स्टेडियममा हुने खेल नेपाली समयानुसार राति १२स्४५ बजे सुरु हुनेछ।

यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

 

फ्रान्समाथि पुनरागमन जित, स्पेन युरो कपको फाइनलमा

खेलअघि नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले यो आफूहरूको देशका लागि विशेष रहेको बताए।

उनले भने, ‘हामी सानो देश भए पनि इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनसँगै सेमिफाइनलमा पुगेका छौँ। यो हाम्रो लागि गर्वको क्षण हो।’

इङ्ग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफूहरूको रणनीति बलसँग खेल्ने रहे पनि विपक्षीलाई रोक्ने प्रयासमा हुने बताए। पछिल्लो तीन खेलमा धेरै गोल गर्न नसकेकाले गोल गर्ने रणनीतिमा हुने उनको भनाइ छ।

समूह डीमा रहेको नेदरल्यान्ड्सले क्वार्टरफाइनमा टर्कीलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो।

राउन्ड अफ १६ मा रोमानियाविरुद्ध ३–० को फराकिलो जित हासिल गरेको डच टोलीले समूह चरणको पहिलो खेलमा पोल्यान्डलाई २–१ ले हराएको थियो।

दोस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी भएको ऊ समूह चरणको अन्तिम खेलमा अस्ट्रियासँग २–३ ले हारे पनि नकआउट चरणमा पुगेको थियो।

इङ्ग्ल्यान्डले भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ५–३ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। राउन्ड अफ १६ मा भने स्लोभाकियाविरुद्ध २–१ को जित हासिल गरेको थियो।

समूह सीमा रहेको टोलीले समूह चरणमा सर्वियालाई १–० ले तथा डेनमार्कसँग १–१ को बराबरी खेलेको थियो।

समूह चरणको अन्तिम खेलमा स्लोभाकियासँग गोलरहित बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu