ग्लोवलाइजेशन विरोधी र मगाका आक्रामक अनुयायी तथा औसत उपराष्ट्रपतिको छनोट भन्दा बढी परिणामदायी छ
अमेरिकाले लेनिन सप्ताह पार गरेको छ, जसमा धेरै दशकहरू हुन्छन्( सन् १९२३ मा तत्कालीन सोभियतसंघका मुख्य नेता तथा राष्ट्रपति लेनिलाई गोली हानिएको थियो, त्यही कारण उनको केही समयपछि निधन भएको थियो–अनु.)। यदि थोमस म्याथ्यु क्रुक्सले दायाँतिर एक इन्च गोली हानेको फरक नपरेको भए, अथवा डोनाल्ड ट्रम्पले आफ्नो टाउको घुमाएका थिएनन् भने, उनी अहिले मरेका हुनेथिए। भाग्यवश, ट्रम्प गम्भीर चोट लाग्नबाट जोगिएका छन् । र उनलाई अन्य तरिकामा पनि भाग्यले आशीर्वाद दिएको छ। फ्लोरिडामा एक न्यायाधीशले उनी विरुद्धको सबैभन्दा बलियो मानिएको मुद्धा खारेज गरिदिए, र उनका कमजोर विपक्षी, जो बाइडेन, अझै उमेद्वारीको दौडमा रहेका छन्, यद्यपि अधिक डेमोक्र्याटहरू उनलाई हट्न आग्रह गरिरहेका छन् । यो हप्ता मिल्वौकीमा भएको रिपब्लिकन सम्मेलनमा ट्रम्पको उपस्थितिलाई दिव्य प्रोभिडेन्सको जस्तै गरी स्वागत गरिएको थियो। प्रतिनिधिहरूले “45/47” लेखिएको बेसबल क्यापहरू लगाएका थिए। त्यो पहिले एक आकांक्षा थियोः आज यो भविष्यवाणी जस्तो देखिन्छ।
ट्रम्प विरुद्ध डेमोक्र्याटहरूले प्रयोग गर्न सक्ने सबैभन्दा राम्रो तर्कहरूमध्ये एक हो उनले प्रजातान्त्रिक मान्यताहरूलाई धम्की दिन्छन्। तथापि, गोली चलाउँदा उनको साहसले उनलाई क्षणभर भए पनि अमेरिकी मूल्यहरूको रक्षकको रूपमा देखायो। उनले गरेको एकताको आह्वानले उनलाई खतरनाक संसारमा एक बलियो नेता भएको दाबीलाई समर्थन गरेको छ। हो, मतदानमा यसको कुनै प्रभाव अस्थायी हुन सक्छ। अमेरिका यति धेरै पक्षपाती छ कि उम्मेदवारहरूले एक ठोस आधार सामातेका छन् । दुवै पार्टीहरूको मेलमिलापको मूड पनि हराउनेछ। यद्यपि, गोलीकाण्ड र यसका प्रभावहरूका केही प्रभावहरू भने रहन सक्छन्।
पहिलो कुरा यस हप्ताले कत्तिको ट्रम्पले रिपब्लिकन पार्टीमा प्रभुत्व जमाएको छन् भन्ने कुरालाई स्पष्ट पारेको छ। जब यसले २०१६ मा व्यक्तिगत रूपमा उनलाई अनुमोदन गर्न भेला हुँदा, त्यसमा केही थोरै उच्च–प्रोफाइल उत्साहीहरू मात्र थिए, ट्रम्प वाइनरीका महाप्रबन्धकलाई सम्मेलनमा एक प्रमुख भूमिका दिइएको थियो। त्यो वर्ष चुनावको केही हप्ता अघि, त्यतिबेलाको रिपब्लिकन सभाका सभामुखले भनेका थिए, उनले अब ट्रम्पको व्यवहारको बचाऊ गर्न सक्दैनन्। जनवरी २०२१ मा ट्रम्पलाई व्हाइट हाउसबाट अपमानपूर्वक बाहिर निकालिएको थियो । यस वर्षको सुरुमा निक्की हेली, उम्दवारीका लडेकी पूर्व प्रतिद्वन्द्वीले नै भनिन् ‘धेरै उस्तै राजनेताहरूले जो अहिले सार्वजनिक रूपमा ट्रम्पलाई अँगालेका छन् निजी रूपमा उनलाई डराउँछन्।ू मिल्वौकीमा उनी यस्ता मानिसहरूको एक प्रक्रियामा थिइन् जसले उनलाई समर्थन गरेका थिए, १९६८ पछि कुनै पनि प्रमुख पार्टीबाट तीन पटक उमेद्वार अनुमोदन गरिएका पहिलो उम्मेदवार ट्रम्प नै हुन् ।
यस हप्ताले ट्रम्पले कसरी शासन गर्नेछन् भन्ने बारे पनि संकेतहरु दिएको छ । २०१६ मा उनले सामाजिक संरक्षणवादीलाई आफ्नो उपराष्ट्रपति उमेदवारको रूपमा चयन गरेका थिए, जसले प्रोलाइफ मतदाताहरूलाई सन्तुष्ट पार्न मद्धत गरेको थियो । यसपटकको को विजयका लागि उनी यति धेरै आत्मविश्वासी छन् कि उनले जे.डी भान्सलाई चयन गरेका छन्, जो एक स्पष्ट एन्टि–ग्लोबलिस्ट, एन्टि–बिग व्यवसाय, एन्टि–आप्रवासन, प्रो–वर्कर र मगा अभियानका आक्रामक अनुयायी हुन्, उनको अनुभव निकै कमछ र ट्रम्पको चुनावी आकर्षणलाई फराकिलो पार्न उनले केही योगदान गर्न सक्दैनन् । भान्सले विगतमा भनेका थिए – उपराष्ट्रपति भएको भए उनले २०२० को चुनाव परिणाम प्रमाणित गर्ने थिएनन्। अब उनी ट्रम्पको उत्तराधिकारी बनेका छन् । मगा राजनीति, जुन एक व्यक्तिको महत्त्वाकांक्षाको लागि एक अनिश्चित दौडको साधनको रूपमा सुरु भएको थियो, तर यो अब २०२८ भन्दा उता बन्ने सरकारको कार्यक्रम बन्ने सम्भावना बढी देखिन्छ।
एउटा परिणाम भनेको रेगन रिपब्लिकनवाद लगभग मरेको छ। पछिल्ला वर्षहरूमा रिपब्लिकन पार्टी व्यक्तित्व वरिपरि एकजुट भएको छ, नीतिमा होइन। यसमा स्वतन्त्र व्यापारीहरू र सर्वव्यापी ट्यारिफका समर्थकहरूः अन्तर्राष्ट्रियवादी र अलगाववादीहरूः कर्पोरेट अमेरिकाका च्याम्पियन्स र ठूला कम्पनीहरूलाई निर्लज्ज र अप्राकृतिक मान्ने मानिसहरू छन्। विगतमा ट्रम्पले यी सबै मानिसहरूलाई खुशी पार्न पर्याप्त काम गरेका छन्। उनीहरूले उनलाई साँच्चै आफ्नो पक्षमा रेहेका छन् भनेर दाबी गर्न सक्छन्। भान्सको चयनले अमेरिका र यसका सहयोगीहरूका लागि सबैभन्दा चिन्ताजनक मगा स्टन्टतर्फ मौजुदा सन्तुलनलाई झुकाउँछ।
विदेश नीतिमा, ताइवान र युक्रेन रेगन रिपब्लिकनहरूका लागि परीक्षणका केस हुन् जसले अमेरिकाको हितलाई निरन्तर र ती मान्यताहरू का लागि गठबन्धनहरूलाई माया गर्नु पर्छ। ताइवानबारे, भान्सको दृष्टिकोण अस्पष्ट छन्, जबकि ट्रम्प भन्छन् – आइल्याण्डले चीनबाट उत्पन्न खतरको अमेरिकाले सुरक्षा दिएवापत उसले मूल्य तिर्नु पर्छ। युक्रेनबारे, भान्स ट्रम्प भन्दा अझ टाढा गएका छन्, उनले भनेका छन्– उनलाई कुन पक्षले जित्छ भन्ने कुरामा वास्ता छैन, जसले गर्दा युरोपेली सहयोगीहरूलाई सतर्क बनाएको छ। भर्खरै उनी यो कथनसहित अझ टाढा सरेका छन्। सबैभन्दा आशावादी व्याख्या भनेको ट्रम्पले महसुस गर्दछन् कि भ्लादिमिर पुटिनलाई युक्रेनमा आक्रमण गर्न दिँदा उनलाई कमजोर देखाउनेछ, जसरी अफगानिस्तानबाट बाहिरिएपछि बाइडेन कमजोर देखिएका थिए, —र ट्रम्पलाई अरु कमजोर देखिनु भन्दा कुनै पनि कुरा मन पर्दैन।
अमेरिकाको अर्थतन्त्रको लागि, भान्सका दृष्टिकोणहरूले अनलाइन मेमे संस्कृतिलाई मिश्रित गर्दछ, जस्तो कि उद्यम–पूँजी सम्वन्धी बयान र र केही बामपन्थी नीतिहरू जसले बर्नी स्यान्डर्सलाई रोमाञ्चित गरेजस्तै । उनी चाहन्छन् राज्यले निलो–कॉलर कामदारहरूलाई प्रतिस्पर्धाबाट बचाउन र प्रतिघण्टा २० डलर न्यूनतम ज्याला बढाउनु पर्दछ । संघीय व्यापार आयोगका प्रमुख लिना खानले जस्तै , खानले प्रविधि मालिकहरूलाई क्रोधित पारेका छन्, उनी ठूला प्रविधि कम्पनीहरूलाई विभाजन गर्नु पर्छ भन्ने सोच्छन् । उनप् त्यस्तो आन्दोलनसँग सम्बन्धित छन्, जुन ठूला फर्महरूलाई विश्वभरि आफ्नो आपूर्ति श्रृंखला फैलाउनको लागि अप्राकृतिक मान्छ। उनले आप्रवासन प्रतिबन्ध र ट्यारिफ बढाउन स्वदेशमै उत्पादकत्व बढाउने, तलब बढाउने र अमेरिकी उद्योगलाई बलियो बनाउने तरिकाको रूपमा हेर्छन् ।
उपराष्ट्रपति भएमा, भान्सका दृष्टिकोणहरू स्वचालित रूपमा ट्रम्प सरकारका धारणा बन्ने छैनन्। कार्यालय कमजोर छः एक पूर्व उपराष्ट्रपतिले यसलाई ‘न्यानो थुकको बाल्टिनको लायक छैन’ (नेपाली कथनमा मुते न्यानो–अनु.)भन्ने टिप्पणी गरेका छन् । ट्रम्पका प्रशंसकहरू भन्छन् – उनले बन्दा कोठामा विपरीत दृष्टिकोणसँग खेल्न मन पराउँछन्। माइक पेन्सको तरिकाले उनलाई (भान्स) उनको प्रस्थापनाबाट ह्वाइट हाउसलाई चल्ज दिने छैन भन्ने सुझाव दिन्छ। तथापि, ट्रम्प पनि बूढा छन्ः यदि उनले जिते भने , ह्वाइटहाउस(कार्यालय) छाड्ने बेला उनी अहिलेका बाइडेनभन्दा पनि बूढा हुनेछन् । निर्णायक रूपमा, भान्सका दृष्टिकोणहरूले नै ट्रम्पको सबै कुरालाई स्वीकार गर्दै चुनावी प्लेटफर्मसँग मेल खान पुगेको देखिन्छ।
मगा २०३०
ट्रम्प मिल्वौकीमा भएको सम्मेलनबाट मात्र केही महिना अघि सम्भव भएको भन्दा बलियो भएर बाहिरिएका छन्। उनका कानूनी मामिलाहरूले अब उनलाई चुनौति दिँदैनन्, उनको पार्टी उनीप्रति अश्रित बनेको छ, मतदानले कंग्रेस र ह्वाइट हाउसकमा देखिने गरी विजयी बन्ने वाचा गरेको छ । यसैबीच, सर्वोच्च अदालतले राष्ट्रपति पदको कानूनी छानबिनलाई घटाएको छ र सरकारी एजेन्सीहरूको स्वतन्त्रतालाई सीमित गरेको छ। ट्रम्प अध्यक्षताको सम्भावना उनीहरूको लागि एक प्रमुख समस्याग्रस्त देखिएको छ, जसले यो अखबारको(इकोनोमिष्ट) जस्तो विश्वास गर्छ – विदेशी नीति लेनदेन भन्दा माथि हुनुपर्छ, अन्तर्राष्ट्रिय व्यापारले उत्पादकत्वलाई प्रेरित गर्नुपर्दछ र आप्रवासन नवीकरण र जीवन्तताको स्रोत हो भन्ने बुझ्नु पर्दछ । तर यसबारे बढ्दो चिन्ता देखिन्छ कि अमेरिका र संसारले यसबाट के पाउनेछ।
इकोनोमिष्टबाट
रिपव्लिकनको सम्मेलनबाट ट्रम्पको उम्देवारी अनुमोदन, अमेकिालाई बलियो बनाउने बाचा
प्रतिक्रिया दिनुहोस्