काठमाडौं ६ असार । बंगलादेशमा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा ११४ जनाको मृत्यु मृत्यु भएको छ । सरकारी जागिरमा कोटा सम्बन्धी उथलपुथलको पृष्ठभूमिमा बङ्गलादेश सरकारले आइतवार र सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ । विदा दिइएका दुई दिनमा केवल आपतकालीन सेवाहरू सञ्चालन गर्न अनुमति दिइएको रोयटर्सले जनाएको छ। मृतकको सङ्ख्या बढेर ११४ पुगेको छ। प्रदर्शनका क्रममा बङ्गलादेशभरका अस्पतालहरूका अनुसार विरोध प्रदर्शनमा हजारौँ घाइते भएका छन्। ढाका मेडिकल कलेज अस्पतालमा शुक्रबार थप शब मिलेका छन् । यसैबीच, समाचार एजेन्सी एपीका अनुसार पुलिसले गोली हान्ने आदेश दिंदै गरेको भिज्युअलमा देखिएको छ ।
हाद ढाकामा प्रहरी र सैन्य बलहरूले गस्ती गरिरहेका छन् । कर्फ्यू आइतबार बिहान १० बजे सम्म जारी रहने बताइएको छ । सत्तारुढ अवामी लिग पार्टीका महासचिव सांसद ओबैदुल कादरले बताए। एएफपी र स्थानीय मिडियाले उद्धृत गरेअनुसार बङ्गलादेशका ६४ मध्ये ४७ जिल्लामा भएको हिंसामा अहिलेसम्म कुल १०५ जनाको ज्यान गएको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री शेख हसिनाको विदेशका सवै कूटनीतिक भ्रमण रद्द भएको जनाएको छ ।
आन्दोलनकारीहरू बङ्गलादेशमा जारी रहेको कोटा प्रणाली अन्त्य गर्न माग गरेका छन् । सन्१९७१ मा पाकिस्तान विरुद्ध देशको स्वतन्त्रताको युद्धमा लडेका पूर्व सैनिकहरूका आफन्तहरूका लागि ३० प्रतिशत आरक्षण छुट्याएको थियो। यस्तो कोटा प्रणाली भेदभावपूर्ण रहेको र प्रधानमन्त्री हसिनाका समर्थकहरूलाई मात्र फाइदा पुऱ्याइरहेको आन्दोलनकारीहरुले आरोप लगाउंदै आएका छन् । आन्दोलनकारीहरुले योग्यतामा आधारित प्रणाली लागू गर्न चाहन्छन् ।
प्रतिक्रिया दिनुहोस्