ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरिया घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन


एबीसी न्यूज
१६ फाल्गुन २०७४, बुधबार   ८ : ३८   बजे

चितवन, १६ फागुन । सिरियामा भइरहेको नरसंहार र बमबारीको विरोध तथा मृतकको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले चितवनको भरतपुरस्थित चौविसकोठीमा उक्त घटनाको विरोध गर्दै मंगलबार साँझ मृतकको सम्झनामा दीप प्रज्वलन गरेको हो । उनीहरुले सिरियामा भइरहेको पछिल्लो आक्रमणको विरोधसमेत गरेका थिए ।

शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले ध्यान दिनुपर्ने विद्यार्थीको भनाइ थियो । विभिन्न सञ्चारमाध्यममा आइरहेका दृश्यले सिरिया घटनाले बालबालिका बढी प्रभावित भएको र आक्रमणको निशानामा परिरहेको भन्दै विद्यार्थीले यस्ता घटना रोकिनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले मृतकको चिरशान्तिको कामनासमेत गर्नुभएको छ । बालबालिकाको बीभत्स हत्या भइरहेकाले रोकिनुपर्ने भन्दै अखिल क्रान्तिकारीका संयोजक वसन्त आचार्यले मृतकको सम्झनामा दीप प्रज्वलन गरिएको बताउनुभयो ।

यसैबीच, चितवनको नारायणगढमा समेत मंगलबार दीप प्रज्वलन गरी युवाले सिरिया घटनाको विरोध गर्दै मृतकको सम्झनामा दीप प्रज्वलन गरेका थिए । विभिन्न स्कूल, कलेजका विद्यार्थी संगठनले नारायणगढको लायन्स चोकमा दीप प्रज्वलन गरी सिरिया घटनाका मृतकको सम्झना गरेका थिए । उनीहरुले सो घटना रोक्न मागसमेत गरेका स्थानीयवासी लेखराम सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारमाथि वर्षमान पुनको प्रश्न

सम्बन्धित

गाँजा खेतीका लागि तत्काल कानुन बनाउन एमाले सांसद राईको माग

ग्यासको अभाव हट्दै गएको उद्योग मन्त्रालयको दाबी, देशभर १ लाख २७ हजार सिलिन्डर डिलरमा

भदौ २३ मा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्छ : सांसद खत्री

नाइमा एक्स्पोमा एथरका ५ सयभन्दा बढी स्कुटर बुकिङ

राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने

भारतीय स्थलसेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu