ट्रम्पले आफू विरुद्धको हत्या प्रयासको बारेमा एफबिआईद्वारा अन्तर्वार्ता लिने कुरा पनि पुष्टि गरे।
काठमाडौं (रोयटर्स) १५ साउन । रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पले सिनेटर जेडी भेन्सको ‘निःसंतान बिरालो महिलाहरू’ भन्दै डेमोक्रेटिक राष्ट्रपतिकी उमेद्वार कमला ह्यारिस लक्षित टिप्पणीको प्रतिरक्षा गरेका छन् । रिपव्लिकन निकट फक्सन्यूज टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले भनेः भेन्सले पारिवारिक जीवनलाई कति महत्त्व दिन्छन् भनेर देखाउन त्यसे बोलेको बताए ।
उपराष्ट्रपति कमला ह्यारिस र अन्य डेमोक्र्याटहरूलाई ‘आफ्नै जीवनमा दुखी भएका निःसंतान बिरालो जस्ता महिलाहरूको समूह’ भनेर आलोचना गर्ने भेन्सको २०२१ को टिप्पणी ट्रम्पले ओहायो सिनेटर भेन्सलाई आफ्नो उपराष्ट्रपतिको उमेद्वारका रुपमा चयन गरेपछि फेरि बाहिर आएको हो ।
त्यस्ता टिप्पणीहरूले ट्रम्पले चुनावमा बहुमूल्य मतहरू गुमाउन सक्छन्के ही राजनीतिक रणनीतिकारहरुले चेतावनी दिएका छन् ।
‘उनी निकै रोचक पारिवारिक अवस्थामा हुर्केका थिए र उनको परिवार राम्रो छ भन्ने महसुस गर्छन्। र मलाई लाग्दैन कि यसो भन्नुमा केही गलत छ’, सोमबार प्रसारित भएको फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए ।
अन्तर्वार्तामा ट्रम्पले आफू परिवार भएका मानिसहरूलाई उच्च महत्त्व दिने गरेको पनि बताए।
‘तपाईँलाई थाहा छ, तपाईँले सही व्यक्तिलाई भेट्नुहुन्न, वा तपाईँले कुनै व्यक्तिलाई भेट्नुहुन्न। तर तपाईँ पनि त्यति नै असल हुनुहुन्छ, धेरै अवस्थामा पारिवारिक अवस्थामा रहेका व्यक्तिभन्दा धेरै राम्रो हुनुहुन्छ ‘ ट्रम्पले भने।
ह्यारिसका पतिसँग दुई सौतेनी छोराछोरी छन्, भने भेन्सलाई ओहायोमा धेरै हदसम्म उनकी हजुरआमाले हुर्काएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्